मध्यपूर्वका श्रमिकहरुको लागि एनआरएन किन आवश्यक छ मध्यपुर्ब संयोजक पदका उम्मेद्वार डिबी क्षेत्री सँगको कुराकानी

गैर आबासिय नेपाली संघ (एनआरएनए) को सातौ विश्व सम्मेलन आगामी अक्टोबर १४ – १६ मा काठमाडौमा सम्पन्न हुन गईरहेको छ । एनआरएनएमा यस पटक भने मध्यपुर्ब खाडी राष्ट्रहरुबाट सशक्त उपस्थिती हुने सम्भावना समेत रहेको छ । दोहोरो नागरिकता प्राप्तीको लागि एनआरएनएले खाडीमा कार्यरत श्रमिक नेपालीहरुलाई भोट् बैंकको रुपमा प्रयोग गरियो भन्ने आरोप लाग्दै गर्दा ओमान बाट आफ्नो स्पस्ट दृष्‍टिकोणका साथ एनआरएनमा होमिएका हजारे अभियानका अभियानकर्ता तथा मध्यपुर्ब संयोजक पदका लागि उम्मेद्वार डिबी क्षेत्री सँग गरेको कुराकानी:

प्र, एनआरएन अभियानमा कहिले देखि होमिनु भो?
-म यो अभियानमा सन् २००९ देखि एनआरएन ओमानको स्थापना संगै लागेको थिएँ । त्यो भन्दा पहिला यहाँ एनआरएनको कुनै माहोल थिएन । एनआरएन ओमानको स्थापना सगै साधरण सदस्य भएर लागेको म केहि समय पछि प्रवक्ता र एक कार्यकाल समाप्त पछि दोश्रो र तेश्रो कार्यकालको अध्यक्ष भए र सहमति सहमति मै अहिले नयाँ कार्यसमिति लाई संस्था अध्यक्षताको जिम्मेवारी हस्तान्तरण गरेको छु ।
प्र, मध्यपूर्वका श्रमिकहरुको लागि एनआरएन किन आवश्यक छ ?
हजुर गहन प्रश्न, हो हामी बिचमा पनि कुरा चलेकै हो हामी किन एनआरएनमा ? के नागरिकताको लागि ? हैन नेता हुन ? हैन किन त भन्दा जसले माने पनि नमाने पनि यस्को उदेश्य मध्यपूर्वलाई सोच बनायर स्थापना भएको थियन तर समय बित्दै जाँदा के भयो त भन्दा उता संख्यात्मक दृष्टिकोणले कम देखियो, हामी सामाथ्र्य भ्वाईस सोनो थियो । त्यसैले एकै ठाउँमा आउँदा उताका साथीहरुलाई नागरिकता देखिका सवालमा बल पुग्ने र हामिलाई केहि आर्थिक सामाजिक र पोलिसि मेकिङ्गमा बल पुग्ने यो नभनिएको सत्य हो । तर आज यसको आवश्यकता झन् बढेको छ । बैदेशिक रोजगारलाई व्यवस्थित पार्न, संयुक्त लगानीमा सहभागी गराएर हर नेपाली लाई देश निर्माण र उनिहरुको सुरक्षाका बिषयमा सहकार्य गर्न ।
प्र, ओमान लगायतका खाडी राष्ट्रहरुमा के कस्ता समस्याहरु छन ?
हेर्नुस खाडी मलेसिया या अफ्रिका भनु या अरु बिकशित मुलुकमा रुप फरक भएपनि सार एउटै हो मजदुरका समस्या । देशको कर्मचारीतन्त्रलाई खाएको कसम याद नआउन्जेल समस्या छन् । यहाँका समस्या भन्दा अन्डर पे, कहिले नोपे, हामीले हाम्रो मुलुकको पहिचान नै कुल्ली र मेड एक्स्पोर्ट गर्ने देशमा चिनिएका छौ । त्यसैले ८० प्रतिशत समस्या नेपालकै पोलिसि मेकिङ्गबाट हो । जसमा तालिम, सिप, ज्ञान र आफ्नो हकको बारेमा अन्जान हुनु नै हो । सबै भन्दा ठुलो समस्या हामी पैसा र चिनजानको बल देखायर सेलिब्रेटि बन्न होड गर्छौं यो अर्को सुधार गनुपर्ने बिषय हो ।
प्र, श्रमिकहरुका लागि तपाईंका के के योजनाहरु रहेका छन् ?
 ठगिनबाट त्यो पनि मानव तस्करबाट हैन हाम्रो सरकारको अंगहरुबाट, आउने भन्दा पहिला हुने सेटिङ्ग प्रथा । यो हट्न पर्छ भनेर हामीले नेपाल सरकारमा ज्ञापन पत्र पनि बुझाएका छौं । दुतावास, परराष्ट्र, गृह, अध्यागमन र श्रममा इन्टरलिङ्क प्रणली स्थापना गरेर पेपरलेस काम गर्ने, जसको लागि बोर्डमा रहेको ३ अर्व प्रयोग गर्न पनि सकिनेछ । अर्को भनेको नेपालीलाई स्वावलम्बी बनाउने, आर्जित ज्ञान र सिपलाई सामाजिक हित र देश बिकाशमा लगाउने नै हो । बैदेशिक रोजगारमा पठाउ“दा तालिम दिएर मात्रै पठाउने अनि सिप र बचत सहित भित्र्याउने ।
प्र, हजारे अभियान के हो ?
 हजारे अभियान के हो भन्दा पनि पहिला किन तिर जाउँ । नेपालमा चल्ला मरे पनि क्षतिपुर्ति पाउँछ । बिदेश आएर देशको यत्रो अर्थतन्त्रमा सहयोग गर्ने रेमिट्यान्स भित्र्याउने देशको सच्चा सिपाही बराबरको व्यक्तिको मृत्यु हुँदा बिमा पनि तिरस्कार गरेर एकपटक दिइन्छ भने अझ अंग भंग भएकाहरुलाई त त्यो पनि कम हुन्छ र परिवारबाट पनि बाचुञ्जेल सम्म तिरस्कृत जीवन जिउन पर्छ । अव यिनका बाल बच्चा पढाउने या घाउको मलम लगाउने, बिधवाले रिण तिर्ने कि छाक टार्ने कि बालबच्चा पढाउने ? हामी देश र जनताले जनताले पल पल मर्ने र धिक्कार लाग्ने जीवनमा छोडिदियौ । अर्को अमेरिकाले ७५ करोड रिण दिन्छ त्यो जता बाट आयो त्यतै जान्छ, भने पछि हर बिदेशमा गएको नेपालीले आफ्नो सामाजिक सुरक्षाका लागि १ हजार प्रतिमहिना जम्मा गर्ने त्यो आफ्नै बचत हो । त्यो पैसा सरकारले राष्ट्रिय गौरबका प्रोजेक्टहरुमा लगाउने र आएको केहि मुनाफा त्यो सामाजिक सुरक्षा कोषमा थपिदिने, स्वरोजगारीको बाटो खोल्ने, बिदेशबाट फर्केकालाई ऋण दिने र यो सानो रकम छैन जुन हाम्रो गणित अनुसार सम्पूर्ण बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई समेट्ने हो भने मासिक ४ अर्व रुपैयाँ जम्मा गर्न सकिन्छ । मात्र सरकारले संयन्त्र बनाउने हो । बार्षिक ५० देखि ६० अर्व सम्म देश बिकाशलाई प्रदान गर्न सक्ने योजना हो हजारे अभियान । जसले बिदेशी निर्भरता लाई पनि कम गर्नेछ । यतिमात्रै हैन यसले माथि उल्लेखित अंगभंग र मृत भएका परिवारका सदस्यहरुलाई केही हद सम्म अर्झ राहत दिने काम गर्नेछ । सबैको हितमा छ केहि भएमा राहत पनि पाउन सकिने, नागरिकको सुरक्षा हुने र देश बिकाशको लागि बजेटको कमि हुन नदिने नै हाम्रो हजारे अभियान हो ।
प्र, सामुहिक लगानीको लागि मध्यपूर्वका श्रमिकहरुलाई कसरी समाहित गर्न सकिन्छ ? त्यसका अप्ठ्यारा पाटाहरु के के छन् ?
– सुरुवात भएको हो, मनासाय सही थियो तर यो घरमा काम गर्ने या निम्न आय रहेकोमा पुर्याउन सकिएन । त्यसैले हजारे अभियान मात्र यस्तो अभियान हो संयुक्त लगानीको जसमा न धनी न गरिव,न सानो न ठुलो, सबैको ४०, ५० लाखको सहभागिता सवैको हित । त्यसैले सरकारले निती नियम बनाए आफै आउँछ संयुक्त लगानी । १५ जनाले अरव अरब लगानी गर्दैमा यसलाई मात्रै संयुक्त लगानी भनिदैन । त्यसैले हजारे अभियानको अध्ययन गनुहोस् सहज छ सम्भावना पनि छ । सबै मालिक, सबै नोकर, यसलाइृ माईक्रो फाइनान्स भन्नुस वा बैदेशिक रोजगार सामाजिक सुरक्षा कोष भन्नुस, संयुक्त लगानी भन्नुस वा राष्ट्रिय योजनाको कम्पिलिट प्याकेज । यसले मध्यपूर्वका श्रमीक लगायत सम्पूर्ण बैदेशिक रोजगारलाई संयुक्त लगानीको रुपमा समेटेको छ ।
प्र, एन.आर.एन त दोहोरो नागरिकता पाउनको लागि हो, खाडिका श्रमिकहरु लाई भोट बैंकको लागि प्रयोग गरिएको हो भन्छनी ?
भोट बैंक हैन, दुवैको लागि स्वार्थ छ त्यसैले यसलाई कसले कति राम्रोको लागि उपयोग गर्छ । यो संस्था हो हामि पनि हिस्सेदार छौं । केहि अग्रज साथिहरुले खासै मजदुर बनाउन सक्नु भएन अब हुन्छ । 

प्र,आगामि ७ औं बिश्व सम्मेलनमा तपाँई आइ.सि.सि को मध्यपूर्व सम्योजकको उमेद्वार हुनुहुन्छ । तपाँईले जित्न पर्ने आधारहरु के के छन् । 
हामि सबैले बिदेश जाने वान वे कुरा गरैं मैले भन्दैछु फर्केर आएक पिडितहरुलाई के? त्यो एक हद सम्म धेरै अघि बढि सकेको छ । साथै  म काम गर्न चाहन्छु, मेलै ४ बर्ष सम्म घाईते समस्यामा परेका नेपाली, जेलमा रहेका, कोर्टमा रहेका नेपाली, पासपोर्ट बनाउने नेपाली, दुतावास नहुँदा एउटा अघोषित दुतका हिसावले संस्थालाई चलाए, यो सवै मैले प्रसस्त बुझेको छु, बिमानस्थल पुर्‍यायर आउँदा कति चोटि दुखि भएको छु । त्यसैले मेले धेरै देखेको छु र समस्या किन चाहि हुदा रहेछन् भन्ने देखेको छु । अर्को मैले समाजलाई आपसी समझदारीमा नै चलाउँदा सद्धभाव बढ्छ यसको उदाहरण ओमानमा रहेका धेरै संघ संस्थाहरुको मेलमिलाप हो हामिमा बिबाद छैन सबै निर्णय सहमतिमा हुन्छ । मैले राष्ट्र र मजदुरलाई फाइदा हुने योजना अघि सारेको छु यो कोषे ढुङ्गा हो हाम्रो जीवन यसलाई पोलिसि मेकिङ्गमा पुर्‍याउने छ । अर्को ओमानकै पहलमा स्थापित बैदेशिक रोजगार कल्याणकारी कोषलाई पनि घोषित धनराशीमा पुर्‍याई कार्यान्वयनमा ल्याउनु पर्नेछ जसलाई मेरो मध्यपूर्व संयोजकत्वले अझै टेवा पुग्नेछ ।  
प्र, चुनाव हुन अघि आश्वाशन दिने र जितिसके पछि हराउँछन् । एन.आर.एन लाई प्रयोग गरेर व्यक्तिगत फाईदा लुट्छन भन्ने आरोप छ नी ?
पैसा र कुशी डायन खा गई एन.आर.एन हुदैछ । त्यसैले साथिहरु देखासिकिका लागि ठुलावडा प्रमिस गर्न बाध्य भएर नै हो । स्वच्छ प्रधिष्प्रधामा मुद्धाको आधारमा जाने हो भने यो आरोप लाग्दैन, केहि मात्रामा यो आरोप अहिले पनि छ र यसलाई सुधारको आवश्यकता छ । 
प्र, जित्नको लागि पैसाको खोालो वग्छ, प्रतिनिधिहरुको किनबेच हुन्छ रे हो ?
खाउ कर्केली भुडि फर्केली, नखाँउ कर्केली सासु जर्केली । सबै हो नै भनेर किटानी त नगरौं  केहि हर्कत देखिन्छन् । मलाई यो बारेमा धेरै बोल्न नलगाउनुस म उमेद्वार हुँ । म आफु चाहिँ गर्दिन र गर्नेको पनि बिरोघ गर्दछु । 
प्र, अन्त्यमा बिश्वभरका एन.आर.एन कर्मीहरुलाई के भन्न चाहनुहुन्छ । 
म सवैलाई शुभकामना दिदै भन्छु यो सामाजिक संस्थालाई सामाजिक नै राख्न हामि सवैको हातमा छ । हामी नेता र राष्ट्रलाई गालि गर्छौ गन्दा राजनिति भनेर हामिले यो संस्थालाई बिहारको भन्दा गहिरो राजनितिमा धकेली सकेका छौं । अव मुद्धा र कामलाई आधार मानेर संस्था बचाउँ नत्र संस्थाको बारेमा जुन बजारमा हल्ला छन् ति सत्य सावित हुनेछन् । संस्थालाई सामाजिक नै राखौं । 
श्रोत नेपालओमानडटकम

, ,