सिर्जनशिल सिर्जु
काठमाडौं । आठ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका छिन्, सिर्जु अधिकारी । भर्खरै मिलन लामासँग मिनेर ‘मायालाई जिन्दावाद’ नामक लोकदोहोरी एल्बम बजारमा ल्याएकी सिर्जुका ‘गाउँले जीवन बेस’, दैव हे दैव’, ‘मायामा हाला उजुरी’, र ‘मेरो मखमली जोवन’ गरी चार लोकदोहोरी एल्बम यसअभि नै बजारमा आइसकेका छन् । दाङ तलुसीपुरकी सिर्जु गायन सँगै मोडलिङ र अभिनयमा पनि उत्तिकै सक्रिय छिन् ।
२ दर्जन मोडलिङ गरिसकेकी सिर्जु भन्छिन्, ‘दर्शकले मोडलका रुपमा बढी चिन्नुहुन्छ’ उनी भन्छिन्, ‘तर म मोडलिङ र अभिनयभन्दा पनि गायिकाकै रुपमा आफूलाई चिनाउँछु ।’ त्यसैले गायनलाई बढी प्राथमिकता दिएको उनी बताउँछिन् ।
राज र देव देवकी नामक फिल्ममा समेत अभिनय गरेकी सिर्जु घरपरिवारको सहयोग भएकाले यो क्षेत्रमा लाग्न सहज भएको बताउँछिन् । व्यवसायिक रुपमा यो क्षेत्र त्यति सहज नभएपनि मेहनत गरे सफल हुने उनको धारणा छ ।