शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा दोस्रो पटक निर्वाचित
एनआरएनए अध्यक्षमा फेरि शेष घले निर्वाचित
राजधानीको सोल्टी होटलमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन हिजो सम्मपन्न भएको छ । सबैको अनुमानलाई यथार्थमा बदल्दै शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका हुन ।

लमजुङको घनपोखरा गाविसमा जन्मिएका अनी अष्ट्रेलियका ९९ औं धनी घले विश्व बजारमा साम्राज्य जमाएको सेराटनसँगको प्राबिधिक साझेदारीमा नेपालमा ८ अर्ब लगानीमा पाँच तारे होटल निर्माण गर्दैछन् । नारायणहिटी दरबार नजिकको १३ रोपनी जग्गामा निर्माणको काम भईरहेको होटल २ सय २५ कोठाको हुने तथा सन् २०१८ फेब्रुअरीसम्ममा सञ्चालन गर्ने तयारी छ ।
गत बैशाख १२ गते गएको भूकम्पपछिको पूननिर्माणका लागि सरकारबाट विशेष दूत नियुक्त भएका घले को चुनावी ऐजेन्डा पनि नेपालमा पूननिर्माणमा योगदान थियो । अध्यक्ष घलेले आफूले थालेका धेरै अभियान र कार्यक्रम पूरा गर्नुपर्ने भएकाले आफुले दोस्रो कार्यकाल को लागि अध्यक्ष बनेको बताए । संघको आफ्नै भवन बनाउनेदेखि भूकम्पपछि मुलुकको पुनर्निर्माणमा एनआरएनको अर्थपूर्ण सहभागिता अब आफ्नो प्रमुख प्राथमिकता रहेको तथा भूकम्पपीडितका लागि संघबाट एक हजार घर बनाउने योजनालाई सार्थकता दिनु नै प्राथमिकता रहेको जानकारी गराउदै पुनर्निर्माणमा गैरआवासीय नेपालीले सँगसँगै हातेमालो गर्ने उनले बताए ।
मध्यपूर्व संयोजकमा ओमान एन.सि.सि का डि.बि क्षेत्री बिजयी

नेपालीहरु वैदेशिक रोजगारमा जाने बाध्यता अव नबनोस भन्दै प्रवासमा रहेका नेपालीहरुको सुरक्षित भविश्यमा अव केहि नसोच्ने हो भने समस्या झन बढने बताए । क्षेत्रीले भने ‘मध्यपूर्व क्षेत्रमा रहेका नेपालीका हर अफ्ठयारोलाई सम्वोधन गर्नुपर्ने त छदैछ उनीहरुको सुनिश्चित भविश्यका लागि मैले उठाएको हजारे अभियान सार्थक बनाउन मैदानमा आएको बताउुनु भयो ।
नवनिर्वचित पद तालिका:
- अध्यक्षमा शेष घले
- उपाध्यक्षमा भवन भट्ट र कुमार प्रसाद पन्त
- महासचिबमा बद्री केसी
- कोषाध्यक्षमा हिक्मतबहादुर थापा
- सचिवमा अर्जुनकुमार श्रेष्ठ
- एसिया संयोजकमा किरणविक्रम थापा, उपसंयोजकमा कृष्णप्रसाद पाण्डे र रोविन्द्रप्रसाद श्रेष्ठ
- अमेरिका संयाेजकमा सोनाम लामा, उपसंयोजकमा आङछिरि शेर्पा
- मध्यपूर्व संयोजकमा डम्बर बहादुर क्षेत्री , उपसंयोजक धर्मराज गिरी र उमेश अधिकारी
- यूरोप संयाेजकमा कुल आचार्य, उपसंयाेजकमा दावा गाल्जे शेर्पा र प्रेमबहादुर गुरुङ
- ओसियाना संयोजकमा महेन्द्रकुमार लम्साल, उपसंयोजकमा रमेश जोशी
- अफ्रिका संयोजकमा सुनिल कार्की
- युवा संयोजकमा विजय पोखरेल, उपसंयोजक लोकराज शर्मा
- महिला संयोजक सपिला राजभण्डारी, उपसंयोजकमा रजनी प्रधान