भिडियोमा ‘नमेटिने तिम्रो नाम’


काठमाडौं । नेपाली लोक संगीतमा छुट्टै पहिचान बनाएकी गायिका विष्णु माझीको नयाँ गीत ‘नमेटिने तिम्रो नाम’को म्यूजिक भिडियो तयार भएको छ । बगिना डिजिटलले बजार ल्याएको भिडियोको निर्देशन सहदेव कोइरालाले गरेको हुन् । यसै भिडियो मार्फत सहदेवले निदेृशनमा डेब्यु गरेका छन् । 

गीतमा गायिका माझीलाई राजजी खाँडले साथ दिएका छन् । सहदेव कोइरालको शब्द र कस्तुप पन्तको संगीत रहेको गीतको भिडियो विष्णु बरालले खिचेका हुन् । 

एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा आफ्नो अभियन क्षमता देखाइसकेकी सिर्जना बस्नेत र सुमन परियाले अभिनय गरेको भिडियोको सम्पादन पवन सिंखडाले गरेको हुन् । सिर्जना र सुमनको अभिनीय प्रसंशनीय रहेको निर्देशक अधिकारीले जनाएका छन् ।