क्वालालुम्पुर । नेपालबाट भबीष्य खोज्दै मलेशिया आइपुगेका नेपाली झण्डै ७ लाखको हाराहारीमा छन् । बिदेशमा काम गर्ने पैसा कमाउने र आफ्नै देश फर्केर सुखमय जिवन यापन गर्ने हरेक परदेशिएका नेपालीहरुको हो । औषतमा दैनीक १२ घण्टा मलेशियामा काम गनु पर्छ । झन ३ महिना यता त बढेको तलबले गर्दा १२ घण्टा पनि काम गर्न पर्दैन केहि कम्पनीहरुमा । दिनभरी पसीनै पसिना भएर काम गनु पर्ने । कतै बिना मेहनत नै पैसा आएको देख्दा मन तेता तीर बरालीन पुग्दो रहेछ । हो बिना मिहनत नै कमाइ हुने ठाउँ । जुन हो टोटो, म्याग्नम ,दामासायी जस्ता जस्ता ठाउँहरु ।
थोरै लगानीमा अझ त्यस्माथी बिना मिहनतनै आम्दानी गर्न सकिने जस्तो लागेर धेरै नेपलीहरुले नम्बर काट्ने गरेको पाइन्छ । प्राय आइतबार नम्बर काट्ने ठाउमा नेपाली सँगसँगै धेरै बिदेशी कामदारहरुको भिड देख्ने गरीन्छ । के यहाँ नम्बर काट्दा पैसा पारीन्छ ? भनेर नम्बर काट्न आएका जो कोहिलाइ पनि सोध्यो भने , भाग्यामा भए अबस्य पर्छ तपाइ पनि एक पटक प्रयास गर्नुस भन्ने जवाफ आउछ ।
हो भाग्यामा भए त पक्कै पर्ला । तर मेरो भाग्य छ कि छैन कसरी थाह पाउने ? कुन दिन आउछ मेरो भाग्य ? यसरी नै आफ्नो भाग्याको पर्खाइमा बसेका र हरेक हप्ताको ३ दिन नै टोटो नम्बर काट्ने नेपालीहरुकमो जमात बाक्लै छ मलेशियामा । झापा स्थाइ घर भएका र बिगत २ वर्ष देखि मलेशियाको केलाङमा कार्यरत राजेश रसाइलीले आफ्नो भाग्य पर्खेरनै पुरै एक वर्षको कमाइ झ्वाम भयो । अरु साथीहरुको यस्तो अबस्था नहोस भन्दै उनी आफनो कथा यसरी बताउछन् । ‘जब म मलशिया आएको ६ महिना बित्यो, तेस्पछि सुरु भयो मेरो नम्बर काट्ने क्रम । मलेशिया आइसकेको ऋण सबै चुक्ता गरीहालेको थिए ।
बिवाह गरेको थीइन। हरेक महिना घरमा पैसा पठाउनै पर्छ भन्ने मेरो कर पनि थिएन । कहिले ओभर टाइम चलेन, कहिले कम्पनी सट डाउन भएको छ त कहिले पैसा बाटैमा लुटियो भन्दै घरमा बाहना बनाएर नम्बर काट्ने गर्थे । हप्तामा तिनै दिन टोटो , म्यागनम् र दामासायीमा पचास पचास रिङ्गेट काट्ने गर्थे । यसर िहरेक हप्ता मेरो नम्बर काट्नैमा १५० रिङ्गेट सिद्यिन्थ्यो । हरेक पटक काट्नै पर्ने । एक किसिमको नसा नै र्भसकको थियो । आज त परेन अर्को पटकको मा पर्छ कि भन्दै काट्दै गर्दा मेरो पुरै एक वर्षको तलब सकिएछ । महिनामा ६ सय त नम्बर काट्नैमा खर्च भएपछि बाकि पाँच छ सय बच्ने ।
त्यसमा पनि महिना भरी खाना र मोबाइल खर्चमा ४ सय भन्दा बढि सकिने । यसरी नै मेरो पुरै एक वर्ष बित्यो । नम्बरमा नपरेको पनि होइन बेला बेलामा पर्ने गथ्र्यो । तर प्राय ६० रिङ्गेट भन्दा कहिलै परेन । सँधै १ लाख रिङ्गेट पार्ने र तत्कालै घर फर्कने सपना हर दिन देख्ने गर्थे । त्यसैले नै आज कम्पनी भरीका साथीहर मद्ये सबैभन्दा कम पैसा बचाउनेमा अगाडी छु । घर बाट तर का तर फोन आए पछि र पैसा के गदैछस् भन्दै हरेक दिन सम्झाए पछि मात्र आज भोली पैसा बचाउन थालेको छु । जे होस अहिले भने ढिलै भएपनि एउटा बुद्वि आएको छ हामी भाग्य खोज्दै परदेशिएका हैन रहेछौ भबिश्य बनाउना पो परदेशिएका रहेछौ ।’
हो यसरी भाग्य खोज्दै नम्बर काट्नेमा लत बस्यो या साथीहरकै लहैलहैमा लागेर यस्तोमा फसीयो भने राजेश रसाइलीको जस्तो पछुताउनु पर्ला ? त्यसैलै रासाइलीको पनि सुझब छ नम्बर नै काट्नु पर्यो भने पनि हप्तामा एक दिन एक दुइ रिङ्गेटको मात्र काट्नु होला । यदि तपाइको भाग्य नै छ भने पनि यहि एक रिङ्गेटले पनि तपाइलाइ एक लाख रिङ्गेटको मालीक बनाउन सक्छ । तर लखपति बन्ने सपनामा आफने महिना भरीको कमाइकै तिलाञ्जली चाहिँ नदिनुस ।
यो मात्र होइन मलेशियामा नेपालीहरुले जुवा तासमा पनि महिनै भरीका कमाइ सकेका छन् । सप्तरीका रामलाल चौधरीले तास खेलेरै अघिल्लो महिनाको पुरै कमाइ सिध्याए । उनी मलेशियाको पोर्ट केलाङमा बिगत अढाइ वर्ष देखि कार्यरत छन् । हरेक महिनाको पेश्कि तलब र तलब आएको दिन बाट सुरु भइ उनीहरुको खेल लगातार ३ दिन ४ दिन सम्म पनि चलीरहने उनीसँगै काम गर्ने साथीहरले जनाएका छन् । यसरी महिना भरीको कमाइ मात्र नभएर कोहिले त आफ्नो लाडीमा बाँधेको घडि तथा मोबाइल नै धरौटि रोखेर समेत तास खेल्ने गरेको पाइन्छ ।
यसरी आफ्नो परिवारको उज्वल भबीश्य खोज्दै परदेशिएका हामीले परदेशि भुमीमा आएर यो तरीकाले नम्बर काट्नु र तास खेल्नुले हाम्रो परिवारलाइ कुनै कोणबाट पनि सान्त्वना मिल्दैन । त्यसैले बेलैमा सोचौ आफ्नो परिवार , आफु परदेशिएको धरातल अनी देशको बर्तमान अबस्था । यदि हामी परदेशमा बसेर पनि आफ्नो मिहनतको कमाइ बचाउन सकेनौ र यसै गरी फुरमास गर्यै भने हाम्रो भबिष्य कता जाला ?
भाग्य चाच्ने कि भबीष्य बनाउने ?

