५ वर्षिय वालिकामाथी ४८ घण्टासम्म लागातार वलात्कार

भारतको दिल्लीमा ५ वर्षकी एक वालीकामाथी वलात्कार भएको छ । वलात्कार पछि उनको अवस्था निकै गम्भीर वनेको छ । पूर्वी दिल्लीको गान्धीनगर ईलाकामा भएको यस घटनाको विरोधमा थुप्रै महिलाहरु प्रदर्शनमा उत्रीएका छन् । प्रधानमन्त्री मनमोहन सिंहले यस घटनाका विषयमा सुन्दा निकै विचलीत भएको वताएका छन् । पिडित वालिकाको लागी हरसंभवको चिकित्सकीय सहायता दिने सिंहले वताउनुभएको छ ।

उहाँले प्रदर्शनमा उत्रीएका महिलाहरुको विरुद्ध प्रहरीले गरेको हस्तक्षेपलाई अस्वीकार्य वताउनुभएको छ । प्रधानमन्त्री सिंहले दिल्लीका लेफ्टीनेन्ट गवर्नरसंग कूराकानी गर्दै घटनामा संलग्न ब्यक्तिलाई कडा भन्दा कडा कानूनी सजाय दिलाउनुपर्नेमा जोड दिनुभयो ।

घटनामा ती वालीकाको छिमेकी एक पूरुष दोषि रहेको वताईएको छ । वालीकालाई ४८ घन्टा सम्म एउटा कोठामा कैद गरेर लगातार वलात्कार गरीएको थियो । अहिले सम्म यस घटनासंग सम्वन्धीत रहेर कसैलाई पनि पक्राउ भने गरीएको छैन । पिडित वालिकाका अभिभावकहरुले प्रहरीले समय कुनै कार्वाही गर्न नसकेको आरोप लगाएका छन् । प्रहरीले भने यस आरोपको खण्डन गरेको छ । वालीकाको अहिले अवस्था निकै गम्भीर रहेको छ ।