इरानमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प
बैशाख, एजेन्सी । पाकिस्तानको सिमामा रहेको इरानको जाहेदान नजिकै शक्तिशाली भुकम्प गएको छ । उक्त भुकम्प नेपाली समयानुसार ४ बजेर २९ मिनेट जाँदा गएको हो । भूकम्प ७.८ रेक्टर स्केलको भएको बताइएको छ । भुकम्प इरानको जाहेदान नजिकै गएको भएपनि उक्त भूकम्पको झड्काको महसुस नयाँ दिल्ली र पाकिस्तानका धेरै भागमा समेत गरिएको छ । पटक-पटक भुकम्पको धक्का महशुस गरिएको भारत तथा पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन् ।उक्त भूकम्पको गहिराई १५.२ किलोमिटर रहेको अमेरिकी भुकम्प मापक संस्था युएसजिएसले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे भने कुनै जानकारी आउन सकेको छैन् ।

