‘ग्याम्लर’मा बिना बुढाथोकी

काठमाडौं, भदौ ८ : लामो समय पछि अभिनेत्री बिना बुढाथोकी फेरि अभिनयमा उत्रेकी छन् । रमेश बुढाथोकीद्वारा निर्मित पछिल्लो चलचित्र ‘ग्याम्लर’बाट उनी पुन:पर्दा आएकी हुन् । चलचित्र हिजो भदौ–७ गतेबाट देशभरि
रिलिजमा आएको खबर छ ।

चलचित्रमा नायक सुमन सिंहले रातदिन क्यासिनो गई जुवा खेल्ने जुवाडेको भूमिका निर्बाह गरेका छन् । ‘समाजले बनाएको ‘ग्याम्बलर’को भूमिका मैले निर्बाह गरेको छु,’ सुमनले भने । क्यासिनोमा जुवा खेल्ने लत लागेको मानिसको बिषयमा निर्माण गरिएको चलचित्रलाई यादव गुरङको निर्माणमा बुढाथोकीले निर्देशन गरेका हुन् । 

सुमनका अलवा कल्पना शाही, राजेश हमाल, बिना बुढाथोकी, सोनिया केसी, दीपक क्षेत्रीलगायतका कलाकार चलचित्रमा रहने छन् । चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत छ । 

स्रोत: फिल्म नेपाल 

,