निर्वाचन बहिष्कारको निर्णय आत्मघाती: ज्ञवाली

१३ भाद्र

 नेकपा (एमाले) का पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले संविधानसभा निर्वाचन बहिष्कार गर्नु नेकपा–माओवादीका लागि आत्मघाती कदम हुने बताएका छन् ।

एमाले प्रचारप्रसार विभाग मोरङद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले नेकपा–माओवादीको गोलमेच सम्मेलन निर्वाचन हुन नदिने चाल मात्र भएको आरोप लगाए ।

ज्ञवालीले संविधानसभाको निर्वाचनको मिति कुनै हालतमा पनि नसर्ने दाबी गर्दै माओवादीको बहिष्कारले प्रतिगामी तत्वलाई मात्र फाइदा पुग्ने दाबी गरे । उनले अहिले नै पूर्ण समानुपातिक प्रणालीबाट संविधानसभा निर्वाचनमा जान नसकिने बताउदै वार्ताको माध्यमबाट सङ्घीय समाजवादी पार्टी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

ज्ञवालीले पार्टीको भूमिका, विचारधारा, सङ्गठन र जनताको मायाको कारण एमाले आगामी निर्वाचनमा पहिलो हुने दाबी गर्दै प्रत्यक्ष निर्वाचनबाट १ सय ६ सिट जित्ने दाबी गरे ।