बोकोहरामद्वरा ४८ माछा व्यापारीको हत्या

कानो (नाइजेरिया) । नाइजेरियामा  सधै अशान्त भइरहने बोर्नो राज्यमा बोको हरामका बन्दुकधारीले ४८ जना माछा बिक्रेताको हत्या गरेको छ ।

उक्त जानकारी नाइजेरियाली माछा बिक्रेता सङ्घले आइतबार एएफपी समाचार समितिलाई दिएको हो ।माछा बिक्रीको लागि प्रख्यात गाउँ नजिकै नाइजेरिया र चाडलाई जोड्ने  बाटोमा दर्जनौँको सङ्ख्यामा आएका बोको हरामका आतङ्ककारीले गत बिहीबार नै  मार्ग बन्द गरी ती व्यक्तिको हत्या गरेको जनाइएको छ । 

उक्त ४८ जना माछा बिक्रेता माछा किन्नका लागि सो मार्ग भएर गइरहेको बताइएको छ ।