चर्चामा निरुता


काठमाडौं । दुई वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय निरुता क्षेत्रीले तीज गीत बजारमा ल्याएकी छिन् । हिन्दी तथा भोजपुरी फिल्ममा आइटम डान्सका रुपमा चर्चित निरुताले हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा ‘मलाई पनि सिकाइदेऊन् पार्वती’ नामक गीत ल्याएकी हुन् ।
दुई साताअघि रिलिज भएको निरुताको तीज गीत अहिले चर्चामा छ ।  शिव विकले निर्देशन गरेको ‘मलाई पनि सिकाईदेउन् पार्वती’ बोलको गीतमा निरुताले नै नृत्य गरेकी छिन् । गीतमा रमेश बिजीको शब्द र बि बि अनुरागीको संगीत रहेको छ ।



पहिलो गीतले नै राम्रो चर्चा पाएपछि निरुता उत्साहित छिन् । अभिनयसँगै गायनमा लागेकी निरुता गायन र अभिनय दुवैलाई सँगै लैजाने योजनामा छिन् । ‘तीज गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको छु’ उनी भन्छिन्, ‘पहिलो गीतले नै चर्चा पाएपछि, गायनमा लाग्ने थप हौसला मिलेको छ ।’

नाँच्न मनपराउने निरुता हट आइटम डान्सरका रुपमा परिचित छिन् । सफल हुन् संघर्ष आवश्यक रहेको उनको तर्क छ । त्यसैले आफू कडा संघर्ष गरिरहेको उनी बताउँछिन् ।





,