इटहरीका व्यापारीले भने–बन्द गर्नेलाई ठेगान लाउँछौं
इटहरी, ३ भदौ । लगातारको बन्द हड्तालले व्यवसाय चौपट भएको भन्दै इटहरीका व्यवसायी र व्यपारी बन्द हड्तालविरुद्ध सडकमा उत्रिएका छन् । जुनसुकै राजनैतिक दल र समुहले आयोजना गर्ने बन्द हड्ताल इटहरीका व्यापारीहरुले प्रतिकार गर्ने चेतावनी दिदै प्रदर्शनसमेत गरेका छन् ।
लगातारको बन्दले इटहरीको व्यापार व्यवसायी चौपट बनेको र कलकारखाना र उद्योगधन्दा बन्द हुने अबस्था भएको भन्दै व्यापारीहरुले जबरजस्ती पसल र बजार बन्द गर्ने समुहलाई ठेगान लगाउने चेतावनी दिएका छन् । उद्योग बाणिज्य संघ इटहरीको सभाहलमा भएको सर्बपक्षीय भेलामा इटहरीका व्यापारी र बन्द हड्ताल गर्ने दलका प्रतिनिधिवीच झडपको स्थिति पैदा भएको थियो ।
संघीय लिम्बुवान पार्टीका केन्द्रिय सदस्य केदार उप्रेतीले जनाअधिकार स्थापित गराउन सरकारलाई दबाब दिन गरिने बन्द हड्ताललाई निरन्तरता दिनुपरेको बताइरहँदा कार्यक्रम स्थलमै व्यापारी उनी विरुद्ध खनिएका थिए ।
इटहरीलाई बन्द निषेधित क्षेत्र घोषना गर्नका लागि संघले सर्वपक्षीय छलफलको आयोजना गरेको थियो । छलफलमा इटहरीका अधिकांश व्यापारीले इटहरी अब इटहरीलाई कसैले पनि बन्द नगराउने चेतावनी दिएका छन् ।
इटहरीका व्यापारीहरु तेजबहादुर पुरी, दिपेश रिजाल, रामबहादुर खतिवडा र सत्यनारायण अग्रवाल लगायतले बन्दले व्यवसाय चौपट भएको भन्दै सरकारले व्यवसायरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरे ।
इटहरीका व्यापारीहरुले व्यवसायीक एकतालाई जोड दिदै इटहरी बजार बन्द मुक्त गराउन विहिवार इटहरीमा ¥याली समेत निकालेका छन् । उद्योग बाणिज्य संघ इटहरीको कार्यालयबाट निस्किएको व्यपारीहरुको र्यालीले इटहरी बजार परिक्रमा गरेको थियो ।