डेढ अर्बको व्यापार गुमाउँदै वायुसेवा कम्पनी
काठमाडौं, ४ भदौं । नेपालको मुख्य पर्यटकीय सिजन (सेप्टेम्बर–डिसेम्बर) अगाडि यस वर्ष निजी क्षेत्रबाट सञ्चालित आन्तरिक वायुसेवा कम्पनीले मात्र करिब १ अर्ब ५० करोड रुपैयाँबराबरको व्यापार गुमाउने भएका छन् ।
भूकम्पपछिको ६ महिनामा निजी क्षेत्रबाट सञ्चालित समग्र वायुसेवा कम्पनीले संयुक्त रूपमा मासिक २० देखि २५ करोड रुपैयाँसम्मको व्यापार गुमाएको प्रक्षेपण गरिएको वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले जानकारी दिएको हो ।
अघिल्लो पर्यटकीय सिजन चालू रहेकै अवस्थामा गएको भूकम्पपछि ट्रेकिङ, पर्वतारोहण र माउन्टेन फ्लाइटमा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा भारी गिरावट आएपछि कम्पनीले डेढ अर्बबराबरको व्यापार गुमाउने प्रक्षेपण गरिएको आयोनका कार्यकारी अधिकृत विमलेश वर्माले जानकारी दिए । ‘वायुसेवा कम्पनीले अघिल्लो वर्ष गरेको व्यापारका आधारमा यो अनुमान गरेका हुन्,’ उनले भने, ‘यसमा थपघट हुन सक्छ ।
माउन्टेन फ्लाइट, पोखरा र लुक्ला एयरपोर्ट वायुसेवा कम्पनीका आम्दानीका मुख्य स्रोत हुन् । भूकम्पपछि नियमित उडानमार्फत यात्रु ओसार्ने वायुसेवा कम्पनीको तुलनामा हेलिकोप्टर कम्पनीले अत्यधिक घाटा व्यहोर्नुपरेको श्री एयरलाइन्सका बजार निर्देशक तथा आयोनका सदस्य अनिल मानन्धरले बताए । ‘नेपालका सबैजसो हेलिकोप्टर कम्पनीको ९० प्रतिशत आम्दानीको स्रोत विदेशी पर्यटक हुन्,’ उनले भने, ‘ट्ेरकिङ र बिदा मनाउने उद्देश्यले आउने पर्यटक घट्दा त्यसको प्रत्यक्ष घाटा हेलिकोप्टर कम्पनीमाथि पर्छ ।’
हेलिकोप्टर कम्पनीले अघिल्ला वर्षको तुलनामा ६० प्रतिशतसम्म व्यापार गुमाउने उनको भनाइ छ । नेपालमा सिम्रिक एयर, मनाङ एयर, फिस्टेल एयर, एयर डाइनेस्टी, माउन्टेन हेलिसर्भिस र श्री एयरलाइन्सले हेलिकोप्टर सेवा दिइरहेका छन् । यात्रुका लागि आन्तरिक गन्तव्यमा नियमित सेवा दिइरहेका वायुसेवा कम्पनीले पनि चालू आवमा गत वर्षको तुलनामा कम्तीमा ४० प्रतिशतसम्म व्यापार गुमाउने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘सबै एयरलाइन्समा पर्यटन क्षेत्रबाट हुने आम्दानी नगण्य छ,’ उनले भने, ‘६० प्रतिशतसम्म व्यापार आन्तरिक उडानमार्फत धान्न सकिन्छ ।’
बुद्ध एयरले मात्र चालू आवमा १० देखि १५ करोडसम्म घाटा व्यहोर्नुपर्ने अनुमान गरेको छ । ‘यो अवस्था निरन्तर भए सेवा सुरु गरेको १५ वर्षमा पहिलोपटक घाटामा जानेछौँ,’ उनले भने । नेपालमा निजी क्षेत्रबाट सञ्चालित बुद्धसँगै यती एयर, तारा एयर, सीता एयर, सौर्य एयरलाइन्स, गोमा एयर र सिम्रिक एयरलाइन्सले आन्तरिक उडान सेवा दिइरहेका छन् । राष्ट्रिय योजना आयोगका अनुसार भूकम्पकका कारण वायुसेवा कम्पनीको आम्दानीमा मात्र ४ अर्ब ७२ करोड रुपैयाँ नोक्सान हुनेछ ।