ओमानमा चार महिना देखी एक नेपालीको लाश अलपत्र


पि.बि श्रेष्ठ, २७ मे २०१३, मस्कट, ओमान,

बैदेशिक रोजगारीको लागी ओमान प्रबेश गरेका शिब बहादुर दमाईले गत १२ डिसेम्बर २०१३, का दिन झुण्डिएर आत्महत्या गर्नुभएको थियो । घटना भए लगतै एन.आर.एन क्षेत्रीय समितीका संयोजक चन्द्र कुमार सुनुवारले दुताबास प्रतिनिधी दिपक श्रेष्ठ लाई घटना बारे जानकारी गराई लाश नेपाल पठाउन आबश्यक प्रक्रियाको लागी अनुरोध गर्नु भएको थियो । दुतावास प्रतिनिधी ज्युले पनि घटनाको समबेदनालाई आत्मसाथ गर्दै सके सम्म चाँडो उहाँको लास नेपाल पठाउन नेपाल दुतावास साउदी समक्ष "नो अब्जेक्सन पत्र" प्रदान गर्न आर्गह गर्नु भएको थियो । घटनाको १० दिन पछि नै दुतावासले "नो अब्जेक्सन पत्र" प्रदान गरी दमाईको शब नेपाल पठाउन बाटो खुल्ला गरेको थियो तर समस्या दमाईको स्पोन्सरले उत्पन्न गरायो । प्रारम्भमा उसले दमाई लाई यहि गाड्न पर्छ भन्ने अड्डी कसेको थियो । चार महिना सम्म शब लाई अस्पतालमा राख्दा अस्पतालको खर्च मात्रै रि.ओ १५०० पुगीसकेको छ, र अहिले उसले लाश पठाउने खर्च नबेर्होने जानकारी दिएको छ । यस बिचमा दुताबास प्रतिनिधी तथा साउदी दुतावास र सललाह एन.आर.एन का क्षेत्रीय समिती संयोजक बिच आपसी छलफल भैइरहेको छ । उक्त रकमको ब्याबस्था स्पोन्सरबाट नहुन्जेल सम्म लाश नेपाल पठाउन अहिले झन्डै असम्भब जस्तै रहेको दुताबास प्रतिनिधी बताउनु हुन्छ ।  उहाँ अघि भन्नु हुन्छ हामीले साउदी दुताबास मार्फत ओमानको परराष्ट्र बाट कुरा अगाडि बढाएका छौं । यसै समस्या लाइ सुल्झाउन साउदी दुतावासका कन्सुलर श्री सुधिर भट्टराइ ओमान आई प्रहरी समक्ष उजुरी गर्न खोज्दा उजुरी दर्ता नभएपछि ओमानको परराष्ट्र मन्त्रालय कन्सुलर विभागमा भेटवार्ता गरी फर्कनु भएको थियो । यो बारेमा ओमानको परराष्ट्रले सहयोग गर्ने बचन दिएको छ ।
स्थायी घर पाल्पा रिङ्घनेरह : ४ भएका दमाई, यहाँ अल रिनान यूनाईटेड कम्पनी सललाहमा कार्यरत थिए । फ्लोरिडा म्यानपाबर मार्फत ओमान आउनु भएको दमाईको यो घटनाको ३० दिन पछि उहाको श्रीमतीले पनि आत्महत्या गर्नु भएको मृतकका भाइ दामोदरले बताउनु भयो । यो शोकाकुल परिवारमा एकै पटक यस्तो बज्रपात परेको पिडा एकातिर छ भने अर्को ४ महिना बित्दा सम्म पनि आबश्यक काज-क्रियाको लागी परिवारको हातमा शब पर्न सकेको छैन ।