एन-आर-एन अध्यक्षज्यू राष्ट्रपतिबाट विभूषित


राष्ट्रपति डा. यादवले छैठौं गणतन्त्र दिवसका अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेज्यूलाई जनसेवाश्री पदकबाट विभूषित गर्नु भएको छ । अध्यक्षज्यूले यसलाई विदेशमा बस्ने ३० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुलाई राज्यले गरेको सम्मानको रुपमा लिनु भएको छ । उहाँ कै शब्दमा "मलाई प्रवल जनसेवाश्री पदकबाट विभूषति भनेको विदेशलाई कर्मभूमी बनाए पनि मन भरि नेपाल साँचेर बस्ने ३० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुलाई राज्यले गरेको सम्मान हो । यसवाट मातृभूमी प्रतिको हाम्रो कर्तब्य अझैं बढ्न गएको मैले अनुभव गरेको छु । "