२ नेपाली ६ महिना देखि ओमानमा अलपत्र
०३ जुन २०१३, मस्कट,
रुपन्देही जिल्ला बुटवल घर भएका भिम ब.थापा मगर र डाँगिहाट गा.बि.स. मोरङ घर भएका सुबास राई बिगत ६ महिना देखि ओमानमा अलपत्र परेका छन् । उनिहरु गत २ बर्ष ६ महिना पहिला ओमानको माबेला स्थित सनैयाको "लथा ईथ अल रिफ बेकरीमा" काम गर्न आएका थिए तर कम्पनीमा भने अनुसार सेवा सुबिधा नभएको हुँदा २ बर्ष करार अबधि सकिने बितिकै कम्पनी समक्ष घर फर्कनको लागी आग्रह गरेपनि कम्पनीले ६ महिना देखि गैर कानुनी रुपमा भिषा पनि नबिकरण नगरी राखेको र घर पठाउने छाँटकाट देखाएको छैन ।
पिडितहरुका अनुसार सुबास राइले ६ महिना र भीम थापा मगरको ४ महिना देखीको तलब पनि नदिएको हुनाले १ महिना देखि काममा नगई बसेको बताउनु भयो र उनिहरुको उद्घार गरी घर फर्काई दिन ओमान स्थित साउदी दुताबास प्रतिनिधी श्री दिपक श्रेष्ठ समक्ष सहयोगको अपिल गरेका छन् । अहिले पिडित द्वय नेपाली साथीभाई हरुको सहयोगमा बसिरहेका छन् ।
@लक्ष्मण श्रेष्ठ,मस्कट,ओमान

