ओमान नेपाली एकता समाजको-एरिया समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न


२३ जेठ २०७० मस्कट

ओमान नेपाली एकता समाज केन्द्रिय समिति अन्र्तगत अलखोईएर  एरिया समितिको आयोजनामा प्रशिक्षण भेला १७ जेष्ठ, शुक्रबार क दिन सम्पन्न भएको छ । रुपलाल पाण्डेको अध्यक्षता  तथा शालीक राम आचार्यको सन्चालन रहेको  भेलाका अथितीमा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष शोभाकान्त  लामिछाने, महासचिव धन बहादुर क्षेत्री , अलखोईएर एरिया समितिका अध्यक्ष बिष्णु अर्याल तथा पत्रकार पशुपती जी.सी लगाएत रहेका थिए ।  अलखोईएर एरिया समितिका पदाधीकारीहरु तथा अलखोईएर एरीयाका मजदुर नेपालीहरुको भेलामा सैद्धान्तिक तथा अन्तराष्ट्रिय नेपाली एकता समाजको बारेमा जानकारी दिदै प्रशिक्षक सोभाकान्त लामिछानेले नेपाली एकता समाज स्थापना काल देखीनै मजदुरहरुको हक हितको लागी लडदै आएको तथा संसारका शोसित पिडीत् बर्ग संग हातेमालो गरी आएको नेपाली एकता समाजका उद्देश्यहरु बारे जानकारी गराउदै ओमानमा पनि २००७ देखी गठन भई २००९ देखी सक्रियताको साथ पिडीत नेपालीहरुका लागी खटिरहेको जानकारी गराएका थिए । एक कर्मठ व्यत्तित्वको पहिचान नै अनुशासन हो तथा हामी सबैले अनुशासनको पालना गर्नु पर्ने र अनुशासनमा रहेमा हुने फाईदाहरु पाउन आफु नै जिम्मेवारी व्यक्त्ती हुन पर्ने आबस्यक छ । हामी घर भित्र या बाहिर जहां रहेता पनी एक नियमको पालना गर्नु पर्ने हुनाले सबै अनुशासनको साथ एक जुट भएमा सबै खाले बिक्रीती र बिसंगति लाई प्रहस्त गरिने दाबी गरेका थिए । भेलामा प्रवासी नेपालीहरुको हक हितको लागी सबै खाले हिन्शा, बिक्रीती र बिसंगति बाट टाडा रहनु पर्ने जानकारी गराइको थियो ।  


@शालीकराम आचार्य ओमान, मस्कट

, ,