साउदी अरबमा नेपालीहरु एयरपोर्टवाटै फिर्ता


साउदी अरबको रियाद स्थित नेपाली दुताबासमा ५ स्वयंसेवकहरु आममाफी खुलेदेखि नै पीडित नेपालीहरुलाई सहयोग गर्नका निम्ति नेपाली जनप्रगतिशील मंच साउदीका तर्फबाट निरन्तर उपस्थितरहि सहयोग गरिरहेका छन् । मञ्चका अध्यक्ष नरेन्द्र छन्त्यालले दिएको जानकारी अनुसार धेरै नेपालीहरु एयरपोर्टबाट फर्किसक्दा पनि नेपाली दुताबासका कुटनीतिज्ञहरु कुनै सम्बन्धित ठाउँहरुमा देखानपर्नु र पीडितको लागि कुनै पहल नगरिनु राजदुताबासको कमजोरी रहेको छ ।

रियादको सुमेइसीस्थित जवाजातमा इन्डियन, इजिप्सन, फिलिपिन्स र अन्य देशका दुताबासका प्रतिनिधिहरु धाइरहेको देखिन्छ तर नेपाली दुताबासका प्रतिनिधिहरु भने अफिस भित्र कसरि बसिरहेका छन हामीले देखिरहेका छौँ । दूताबास आउने हर पीडित नेपालीहरुलाई तपाइको काम हुन्छ हामी पहल गर्छौं मात्र भन्नु हुन्छ केहि गरेको देखिएको छैन। उहाँले भन्नु भयो,’अहिले म बिबादास्पत कुरा गर्न चाहन्न तर भनेजस्तो कुनै काम केहि पनि भएको छैन यस्तो गतिविधिले त नेपालीहरु झनै अलपत्र पर्ने जस्तो अबस्था आउला भन्न नसकिने हामी स्वायम सेबकहरु लाईलागइरहेको छ । यो आममाफीको अबसरमा आफू-आफू लड्ने समय नभई सक्दो सहयोग पुर्याउने हो त्यसैले अहिलेलाई यति भनौ पूर्ण समिक्षा अन्त्यमा गरौला।’

किन र के कारणले एयरपोर्टबाट नेपालीहरु फर्काइएका छन त भन्ने प्रश्नको उत्तरमा उहाले भन्नु भयो दुताबासले पनि किन भन्ने पूर्णजानकारी पाएको छैन खोजि गरेपो पाउनु तर पनि बुझाई अनुसार कसैलाई १० दिन पछि जाउ भनेकोमा पहिल्यै गएकोले फिर्ता गरेछ भने कसैको अन्य कारण तर उहाँले कारण खुलाउन चाहनु भएन। आम मफिबाट नेपाल जान पाएको खण्डमा यकिन भन्न नसकिएता पनि मोटामटी ४० हजार नेपालीहरुले राहत पाउने जानकारी गराउनु भयो।


श्रोत : अनलाइन खबर