ओमानमा एक नेपाली चेलिले गरिन आत्महत्या


१० जुन २०१३,

आफनो देशमा सोचे अनुसारको रोजगार उपलब्ध नहुनु तथा नेपाल सरकारले जनता प्रतिको दायित्व भुल्दा सिधा-साधा युवा-युवतिहरु मानव तस्करीमा रमाएका दलालहरुको चाल अनी मिठो सपनाको प्रलोभनमा परि बिदेशिन बाध्य पारिएको छ । प्रबासमा आएपछी आफुले सोचे अनुसारको काम अनी दाम नहुदा दिनानुदिन प्रबासमा नेपालीहरुको सपनाहरु शिशा जस्तै टुक्री रहेका छन । आफ्नो सपना टुक्रिए पछी त्यसको प्रत्यक्ष प्रतिफल अनुरुप आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । यस्ता यस्तै खबरहरुले प्रवासी समचारहरुको पृष्‍ठ ओगटिरहेको पाइन्छ । ओमानमा पनि आत्महत्याहरुको औसत बढदो छ ।

मकवनपुर जिल्ला घर भएकी २२ वर्ष कि "रत्न माया गोले" घरेलु कामदारको रुपमा २०१२ नोवेम्बर मा ओमानको सोहार भने शहरमा आएकी थिईन् । अचानक ३ जुनका दिन उनले आत्म-हत्या गरेको खबर आएको छ । आत्महत्या को कुनै कारण खुल्न नसकेको जानकारी ओमान स्थित नेपाली राजदुताबास साउदीका प्रतिनिधीले दिएका छन । ओमान पुलीसबाट मृत्युको प्रमाण पत्र प्राप्त भएपनी पोष्टमार्तमको रिपोर्ट उप्लबध नभइसकेको तथा उनको शवलाई नेपाल फिर्ता पठाउनको लागि आवश्यक प्रकृयाका लागि साउदी दुतावासमा बिशेष पहल भइरहेको जानकारी दिनु भएको छ ।
  

लक्ष्मण श्रेष्ठ-मस्कत, ओमान

,