नेपाली चेलीहरुलाई नेपाली राजदुतावास इजरायलको दर खाने निम्तो




भदौ ६ : नेपाल सांस्कुतिक सम्पदामा अति नै धनि देश, नेपाली संस्कुति जोगाउ भन्ने मनसाय अनुसार परम्परागत शैलिमा चेलिले घरमा पाएको दुखलाई माइतीमा गितका माध्यम बाट पोख्ने मौकाको रुपामा लिइने हरितालीका तिजलाई प्रबाशी नेपालीहरुले मनाउदै आएको छ । यसै सिल्सिलामा नेपाली राजदुतावास तेलअभिव इजरायलले नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको पावन अवसरमा इजरायलमा रहेका सम्पूर्ण नेपाली नारीहरूलाई दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।


नेपाली राजदूतावासले एउटा सुचना जारी गरी आगामी सेप्टेम्वर ७ शनिवार वेलुकी ६ वजे राजदूत निवासमा दर खाने कार्यक्रम को आयोजना गरिएको जनाईएको छ । दुतावासले नेपाली चेलीहरूलाई माइतीको स्मरण गराउदै तिजमा माइतीको निम्तो स्विकार गरी सो कार्यक्रममा सहभागिता जनाउनु हुन हार्दिक निमन्त्रणा गर्दै एक सुचना जारी गरेको आमन्त्रण गरेको छ ।

स्रोत:हाम्रो संसार