ओमानमा दुई नेपालीलाई करारनामा अनुसारको काम नदिइएको खुलाशा



२३ अगस्ट २०१३  बैदेशिक रोजगारीको सिल्सिलामा गत जुलाई १६ २०१३ का दिन ओमान प्रबेश गरेका संखुवाशभाका "भुबन राई र दाङ् घर भएका हिरा चौधरी" आफुहरुलाई सम्बन्धित कम्पनीले नेपालमा गरिएको करारनामा अनुसार काम नदिएको भन्दै नेपाल दुतावास साउदीका ओमान प्रतिनिधी श्री दिपक श्रेष्ठ सामु उजुरी गरेका छन् । नेपालमा गरिएको करारनामा अनुसार होटलमा क्लिनर कामको लागी दैनिक ८ घण्टा कार्य अबधि रहने भनिएको थियो । तर यहाँ आएर कन्ट्रक्सनमा पेन्टरको काम दिईएको, जहाँ १२ घण्टा सम्म काम गर्न परेको बताउँछन् पिडितहरु । उनिहरु अघि भन्छन् हामी यहाँ १६ जुलाईमा आएको भएपनि हामीलाई १४ अगस्ट देखि मात्रा काम दिएको छ र कम्पनिले आएको दिन देखिको तलब नदिने पनि जनाएको छ ।

नेपालबाट "एक्टिभ ओभरसिज सामाखुसी काठमाण्डौं" भन्ने मेनपाबरका राजु दाहाल(संपर्क.न ९८५१००७६६६६)भन्ने व्याक्तिको समपर्क बाट ओमान प्रबेश गरेका राई र चौधरी हाल यहाँ "जिओ सप्लाई कम्पनी,अल्खुएरमा" छन् । करारनामा अनुसारको तलब रि.ओ ९० भएपनि कम्पनीले रि.ओ ८० मात्रै दिने जनाएको भनाई उनिहरुको छ । पिडितहरुले करारनामा अनुसारको काम नपाएमा नेपाल फर्कने ब्यवस्था मिलाई दिन दुतावास प्रतिनिधी श्रेष्ठ सामु अपिल गरेका छन् ।

समस्यामा परेको उजुरी परेपछि दुतावास प्रतिनिधीले नेपालबाट पठाउने मेनपाबर तथा व्यक्ति संग सम्पर्क गरी समस्यालाई सुल्झाउने प्रयास गरेको बताउनु हुन्छ । मेनपाबरले पनि यहाँको कम्पनी सँग समन्वय गरिरहेको पछिल्लो जानकारी आएको छ । अब केहि दिन भित्र पनि समस्या समाधान नभए नेपाल दुतावास साउदी तथा यहाँको श्रम अदालतमा उजुरी गरी समस्या समाधानको बाटोमा अघि बढ्ने श्रेष्ठको योजना रहेको छ । 

पि.बि श्रेष्ठ, मस्कट ओमान