पूर्व अर्थ सचिव खनाल कांग्रेस पसे
११ भाद्र, काठमाडौं,
तीन वर्ष अघि अर्थ सचिवको जिम्मेवारीबाट अप्रत्यासित रुपमा भागेर चर्चामा आएका रामेश्वर खनाल सोमबार कांग्रेस पसेर चर्चामा आए । पाल्पाका खनाल कांग्रेले आगामी संविधानसभाको निर्वाचनमा पाल्पा क्षेत्र नं ३ बाट टिकट दिने भएपछि कांग्रेस भएका हुन् ।
उनी लामो समय अर्थ मन्त्रालयका महत्वपूर्ण जिम्मेवारीमा रहे । उनले अर्थ मन्त्रालयको निर्णायक प्रशासनिक जिम्मेवारी सम्हालेकै समयमा मुलुकमा नक्कली भ्याट वील प्रकरण मौलाएको थियो । यस प्रकरणको फैलनामा उनले आफ्नो अलिकति पनि नैतिक र प्रशासनिक जिम्मेवारी ठानेनन ,राजनीतिक नेतृत्वलाई दोष बोकाउने प्रयास गरे ।
उनी विगत डा.बाबुराम भट्टराईको प्रधानमन्त्री हुँदा उनको आर्थिक सल्लाहकार बनेर सेवा गरेका थिए । उनलाई देखि जान्नेहरुले उनी राजनीतिक रुपमा नै एकीकृत माओवादीको निकट भएको बताउथे । वर्तमान खिलराज नेतृत्वको चुनावी सरकार गठन हुँदा उनी मन्त्री बन्नका लागि दौडधुपमा लागे पनि माओवादीले मन्त्री बनाउन नसकेका कारण उनी असन्तुष्ट बनेको माओवादी स्रोतले जनाएको छ । सोमबार कांग्रेस सभापति सुशील कोइरालाले उनलाई कांग्रेस प्रवेश गराउदै उनी कांग्रेसमा प्रवेश गर्नु देशकै लागि खुशीको कुरा भएको बताए ।