ओमानका सर्वश्रेष्ट सेफ मा नेपाली
ओमान,मस्कट: ओमानको तारे होटेलहरु बिच भएको सर्वश्रेष्ट सेफ प्रतियोगीतामा यस पटक पनी "पत्थर सिह राई" सर्वश्रेष्ट सेफ बन्न सफल भएका छन । यसको साथसाथै होटेल रेडीसन्स ब्लु लाई पनि ओमानको नं.१ होटल बनाउन सफल भएका छन पत्थर राई । रोजगारको लागी ओमानको राजधानी मस्कट पुगेका धनकुटा जिल्ला छिन्ताङ्ग गा.बि.स वार्ड न.५ तथा ओमानको राजधानी मस्कट स्थित चार तारे होटेल (Radission Blue) रेडीसन्स ब्लु मा सि.डि.पी को हैसीयतमा कार्यरत पत्थर सिह राईले ( National Hospitality Institute Oman Chef Competitions) नेसनल हस्पीटालीटी ओमानको कुक प्रतीयोगीतामा प्रथम स्थान प्राप्त गरेका छन ।
नेसनल हस्पीटालीटी ओमानको कुक प्रतीयोगीतामा ओमानका सबै तारे होटेलहरुका ७ ओटा टिमहरुको प्रतिस्पर्धा रहेको थियो जसका लागी पत्थर सिह राईले आफ्नो ओमानी सहयोगी अमिरा अहमदका साथ प्रतीयोगीतामा भाग लिएर रेडीसन्स ब्लुको प्रतिनिधीत्व गरेका थिए । पत्थर सिह राईले लगातार तेस्रो पटक (Gold Medal) सोर्न पदक जित्न सफल भएका छन । होटल रेडीसन्स ब्लु ओमानको नं.१ होटेल बनेकोमा होटलका तर्फ बाट उनलाई बिषेश सम्मान गरेको छ तथा आफ्नो सेफलाई थप जिम्मेवारि दिने भएकोछ । उक्त प्रतियोगीतामा होटेल सिटी सीजन द्रित्तिय तथा तृतिय स्थान सँग्रीला होटेल परेको थियो । पत्थर सिह राई गत वर्षको "फुड ऐक्स-पो-२०१२" प्रतियोगीतामा सर्वश्रेष्ट सेफ भएका थिए । आफुले ओमानका ठुलठुला तारे होटेलका अन्तर-राष्ट्रिय कुकहरु सँग प्रतियोगीतामा काम गर्न पाएको तथा आफुले सर्वश्रेष्ठ स्थान हासिल गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आफु अहिले पनि सपनामा रहे सरी भएको बताए तथा आफ्नो परिश्रमले र वाबु आमाको आर्शिवादले नै यहा सम्म पुग्न सफल भएको बताउछन ।
सालिकराम आचार्य,

