चाडपर्वमा तडकभडक नगर्न अख्तियारको चेतावनी
१२ भाद्र
सामाजिक कार्य तथा चाडपर्वमा बढ्दै गएको तडक भडक र फजुल खर्च रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचेत गराएको छ ।
अख्तियारले मंगलबार विज्ञप्ति जारी गरी सामाजिक कार्य तथा चाडपर्वमा तडकभडक र फजुल खर्च नगर्न सबै जात, जाति र धर्मावलम्बीहरु लाई आग्रह गरेको हो । तीज लगायतका चाडपर्व नजिकिँदै गर्दा अख्तियारले तडकभडक र फजुल खर्च नगर्न सचेत गराएको हो ।
अख्तियारले सामाजिक र सांस्कृतिक चाडपर्व, समारोह गर्दा तडकभडक तथा फजुल खर्च गर्ने प्रवृत्तिले समाजमा प्रतिस्पर्धा बढ्न गई भ्रष्टाचारले प्रश्रय पाउने भन्दै सामाजिक कार्य र चाडपर्वमा मितव्ययिता अपनाउन आग्रह गरेको हो ।
प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा सामाजिक व्यवहार सुधार ऐन, २०३३ ले गरेको प्रावधान समय सापेक्ष भएर नभएको समीक्षा गरी त्यसमा यथोचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।