अदालतको फैसला कार्यान्वयन कम

नेपालगन्ज, पुस ४ - पुनरावेदन अदालत नेपालगन्जले एकहजार ५ सय २९ वर्ष कैद सजायको फैसला गरेकोमा हालसम्म ६ सय ५ बर्ष मात्रै भुक्तानी भएको  छ । पुनरावेदन अदालत नेपालगन्जका निमित्त रजिष्ट्रार दिलप्रसाद सापकोटा अनुसार बर्दियामा मात्रै १ हजार ५ सय २९ बर्ष कैद सजायको फैसला भएको छ । पछिल्लो समय फैसला कार्यान्वयनका लागि कार्यदल गठन भएपछि बिभिन्न अपराधमा सजायको फैसला भएका धमाधम पक्राउ गरी सजाय पाउन थालेका छन् ।

पुनरावेदन अदालत नेपालगन्जले बाँकेमा पाँच करोड १६ लाख ९६ हजार ८४३ रुपैयाँ दण्ड जरिबाना गरेकोमा दुई करोड ३४ लाख ९७ हजार ३ सय ४७ रुपैयाँ असुल भएको  छ । यसैगरी बर्दियामा एक करोड ३३ लाख ५६ हजार १२६ रुपैयाँ दण्ड जरिबाना भएकोमा ५८ लाख ९८ हजार २८० रुपैया मात्रै असुल भएको पुनरावेदन अदालत नेपालगन्जले जनाएको छ ।

यसैबीच पुनरावेदन अदालत नेपालगन्जले अदालतबाट हुने काम कारवाहीको बारेमा जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गरेको छ ।  अदालतका तर्फबाट पहिलोपटक आनो कामकारवाहीहरुको बारेमा दोहोरो अन्तरक्रिया हुनेगरी पहिलोपटक कार्यक्रम गरिएको छ । पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायधीश बमकुमार श्रेष्ठले  अदालतबाट न्याय दिने सन्दर्भमा पछिल्लोपटक धेरै सुधार भएको बताउनुभयो ।
source:-ujyaaloonline.com