ओमानमा क्रिसमस कार्यक्रम
ओमान । क्रिसमसको अवसर पारेर नेपाली ख्रिष्टिय संगतीले क्रिसमस विषेश कार्यक्रम गरेको छ । नेपाली दुतावास ओमानका श्रम सहचारी भवनाथ खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्रिस्चियन धर्मको जीवन–दर्शनका बारेमा चर्चा गरिनुका साथै क्रिश्चियन भजन तथा गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वैदेशिक रोजागरी सम्बन्धी नाटक ‘जीवन’ पनि मञ्चन गरिएको थियो । नाटकमा वैदेशिक रोजगारीमा गएका नेपाली गलत संगतले कसरी कुलतमा पर्छन् भन्ने देखाइएको थियो । कार्यक्रममा उल्लेख्यमात्रामा ओमानबासी नेपालीहरुको उपस्थिति थियो ।
प्रमुख अतिथि खतिवडाले नेपाल धार्मिक सहिष्गुणता भएको देश भएको, आजको कार्यक्रममा नेपालीहरुको उपस्थितले यसको पुष्टि गरेको बताए । अल मासा होटल गोब्रामा भएको कार्यक्रममा एनआरएनएलगायत ओमानमा रहेका विभिन्न नेपाली संघ संस्थका पदाधिकारीहको उपस्थिति थियो ।




