गणतन्त्र दिवसमा दीपावली गर्न गृहमन्त्रालयको अनुरोध
काठमाडौ , १४ जेठ
सरकारले जेठ १५ गते गणतन्त्र दिवसलाई राष्ट्रिय दिवसकै रूपमा मनाउने तयारी गरेको छ ।
यसका लागि सरकारले जेठ १४ गते आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रका साथमा दीपावली गरी गणतन्त्र दिवस मनाउन आग्रह गरेको छ ।
भोलि सैनिक मन्च टुँडिखेलमा उच्च सरकारी अधिकारीहरूको उपस्थितिमा हुने विशेष समारोहमा सहभागी हुन पनि गृहमन्त्रालयले सर्वसाधारणलाईसमेत आग्रह गरेको छ ।
यसैगरी राजधानी बाहिर पनि स्थानीय निकासहरूको अगुवाईमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने तयारी भएको सरकारले जनाएको छ । वि.सं. २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गरिएको हो ।
स्रोत: हरेक पल

