युरोपियन युनियनले सिरियाका बिद्रोहीहरुलाई लगाएको हतियार प्रवन्ध हटाउने


काठमाडौ , १४ जेठ 

युरोपेली मूलुकहरुको साझा संगठन युरोपियन युनियन (इयूले) सिरियाका विद्रोहीमाथि लगाएको हतियार प्रतिबन्ध हटाउने बताएको छ । 

बेल्जियमको राजधानी ब्रसेल्समा लामो समयसम्म बसेको ईयूका विदेशमन्त्रीहरुको बैठकपछि प्रतिबन्ध हटाउने सहमति भएको हो ।  

बैठकमा सहभागी विदेशमन्त्रीहरुले सिरियाली सरकारलाई दुई वर्ष लामो संघर्ष अन्त्य गर्न दवाव पुग्ने निश्कर्ष निकाल्दै प्रतिवन्ध नविकरण नगर्ने निर्णय भएको हो । इयूले सन् २०११ मे मा सिरियाली सरकार तथा विद्रोही विरुद्ध हतियार प्रतिबन्धको घोषणा गरेको थियो ।

स्रोत: हरेक पल