सिरियल किसर इमरानसंग सनि


काठमाडौ ,१४ जेष्ठ 
पोर्न फिल्म इन्डष्ट्रीजबाट बलिउडमा धुम मचाउन सुरु गरेकी पोर्न स्टार सनि लियोनीले बलिउडको एक निर्माता टिम भट्ट ग्रुपले निर्माण गर्न लागेको नयाँ चलचित्रमा इमरान हास्मीसंग अभिनय गर्ने भएकी छन् ।

निकै उत्तेजक चलिचत्र निर्माण गरेको भट्ट क्याम्पमा सिरियल किसर इमरानसंग सनिले अभिनय गर्ने भएकी हुन् ।
 राज २ फिल्मको निर्माण सकिईसकेको अवस्थामा अब बन्न लागेको नयाँ फिल्मका लागि आँफु र पूर्व पोर्न स्टार सनि लियोनी सेलेक्ट भैसकेको इमरान हास्मीले खुलासा गरेका हुन् ।
सनि लियोनलाई जिस्म २ पछि बलिउडमा निरन्तर अफर आईरहेको छ । केहि समय अगाडी मात्रै पनि सनि लियोनीले रागिनी एमएमएस २ मा काम सुरु गरिसकेकी छन् ।

स्रोत: हरेक पल

,