एन.आर.एन ओमानको समर्थन बर्तमान अध्यक्ष जिबा लामिछाने लाई नै
२२ जुन २०१३, मस्कट ओमान,
मध्य पुर्ब र पश्चिमका धेरै मुलुकमा एन.आर.एन.ए राष्ट्रिय समन्वय परिषद को नयाँ नेत्रित्व चयन भैसककेको छ । यसैको रौनक तथा आउने अक्टोबरमा हुने एन.आर.एन.ए बिश्व सम्मेलन लाई मध्य पारेर एन.आर.एन.ए अन्तराष्ट्रिय समन्वय परिषद नेत्रित्वको लागी आफ्नो उमेद्वारी घोषण गरेको समाचार हरुले आजकल चर्चा पाएका छन् । बिषेशत केहि दिन देखी यसको प्रचार प्रसार तथा मिडिया बाजी बढि भएको देखिएको छ । समाजिक संञ्जाल फेसबुक देखी लियर अनलाईन न्युज साइटमा यो खबर ले आफ्नो राम्रो ठाउँ ओगटेको छ । यस प्रकारको मिडिया बाजी र समाजिक संञ्जाल हरुमा गरिएको प्रचार प्रसार प्रति एन.आर.एन.ए ओमानको ध्यानाकर्षण भएको बताउनु हुन्छ एन.आर.एन.ए ओमानका अध्यक्ष डि.बि क्षेत्री, साथै बर्तमान नेत्रित्वको कुशलताको सम्मान गर्दै तथा यि चुनाबी प्रोपोगान्डा हरु लाई चिर्न र एन.आर.एन.ए ओमानको महाधिबेशनले पारित गरको धारणा पनि पुन: बर्तमान नेत्रित्व ले नै आउदो कार्यकाल संञ्चालनको कार्यभार पाओस् भन्ने भएकोले जिबा लामिछाने ज्युलाई नेत्रित्व समाल्न अघि बढ्न क्षेत्री संस्थागत हिसाबले अपिल पनि गनुहुन्छ । पुन जिबा ज्यु नै किन भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, कुशल नेत्रित्व क्षमता हुनुभएका लामिछाने ज्युको संस्थामा लामो अनुभब, यतिका बर्षहरुको प्रयास हरुलाई कार्यन्वायन गराउन गरेका अतुलनिय कोषिश हरु, नेपाल सरकार संगको समन्वयमा देखाएका सफलताहरु, कुनै पनि राष्ट्रिय समन्वय परिषद ले दिएका सल्लाह सुझाबको तुरुन्त सम्मानित ढंगले सुझाब दिनु र सहि सुझाब लाई कार्यन्वायन गराउनु, बैदेशिक रोजगारको बिषयलाई अतिनै सटिक तरिकाले टास्क फोर्स हरु द्धारा संचालित गराउनु र धेरै कार्यहरु अर्ध सम्पन्न स्थिीतीमा रहको तथा यि फजुलका चुनाबी नाटकहरु बाट पन्छिनु जस्त बिषेशता हरुले हामी पुन नेत्रित्वमा जिवा ज्यु लाई नै समर्थन गर्दछौं ।
पि.बि श्रेष्ठ


