ओमानमा संगीतिक कन्सर्ट सम्पन्न- 1974 A.D





२२ जुन २०१३ मस्कट,ओमान

ओमानमा रहेका बिभिन्न नेपाली संघ संस्थाले बिभिन्न नेपाली चाडपर्ब तथा पाबन अबसरहरुमा नेपाल देखि कलाकारहरुलाई आमन्त्रण गरी नेपाली सांस्कृतिक जर्गेना गर्ने खालका सांङ्गितिक तथा सांस्कृतिक कार्यक्रम गदै आएका छन्। "हाम्रो नेपाल" नामक युवा समुह बाट यही शुक्रबार २१ जुन २०१३ का  यहाँको प्रसिद्ध पाँच तारे होटल अल-फलाजमा पहिले भन्दा केहि फरक सांङ्गितिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली युवा जगतको ढुकढुकी बन्न सफल नेपाली पप संगीतका चर्चित ब्यान्ड 1974 A.D का "एड्रिन प्रधान" तथा नेपालको चर्चित ब्यान्ड "द भिक्टोरी ब्यान्ड" ले आफ्नो गीतहरु र कलाकार तथा कार्यक्रम सन्चालिका "सुर्जनी के.शी" बाट आफ्नो नाच प्रस्तुत गरिएको थियो । 

कार्यक्रमाको उद्घोषण गर्दै सुर्जनी के.शी ज्युले स्थानिय संघ संस्थाका पदाधिकारी ज्युहरु लाई मन्तव्यका लागी आमन्त्रित गरिएको थियो जसमा एन.आर.एन.ए ओमानको तर्फ बाट एन.आर.एन.ए ओमानका बरिष्ठ सल्लाहाकार राजु श्रेष्ठ ज्युले मन्तव्य दिनु भएको थियो । मन्तव्यमा यो नयाँ प्रकारको तथा युवा जगत बिषेश भएकोले  कार्यक्रम आयोजक समुह लाई धन्यबाद दिनुभयो, त्यस्तै नेपाली समाज ओमानको तर्फ बाट गोबिन्द गुरुङ्ग ज्यु बाट शुभकामना तथा मन्तव्य दिनु भएको थियो । कार्यक्रममा आयोजकको तर्फ बाट आफ्नो संगीतहरु प्रस्तुत गरेका थिए । ओमानबासी नेपालीहरु लाई छुट्टै प्रकारको मनोरञ्जन दिन  1974 A.D का चर्चित गितहरुका साथ प्रस्तुत भएका गायक एड्रिन प्रधान बाट उपस्थित युवाहरुलाई निकै खुशी भएको देखिन्थ्यो भने, उहॉको चर्चित गित ”धेरै धेरै आउछ मनमा तिता मिठा झझल्कोहरु” बोलको गीत उपस्थित दर्शकहरुका साथमा गाउदै मनोरोञ्जन दिनु भएको थियो ।

स्थानिय केहि कम्पनिहरुको स्पोन्सरसिप तथा उपस्थित दर्शकहरु बाट कार्यक्रमलाई सफल अनी ऐतिहासिक बनाएको छ । कार्यक्रमको अन्त्य आयोजकका तर्फ बाट आमन्त्रित कलाकार ज्युहरुलाई मायाको चिनो प्रदान गरी भएको थियो ।






@पि.बि श्रेष्ठ,मस्कट,ओमान

,