ओमान र बहराइन का लागि राजदूतहरु नियुक्त

झविन्द्र ओमान तथा दुर्गाबहादुर बहराइनमा,








सरकारले खाडी मुलुकहरु ओमान र बहराइनका लागि कार्यवाहक राजदूतहरु नियुक्त गरेको छ । गत फागुन २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ती मुलुकहरु मा स्थापना गर्ने भनिएका नेपाली राजदूतावासहरुमा तत्कालका लागि त्यहाँ कार्यवाहक राजदूतहरुले सेवा प्रवाह गर्नेछन् ।

मन्त्रिस्तरीय निर्णयअनुसार परराष्ट्र मन्त्रालयका उपसचिव झबिन्द्रप्रसाद अर्याललाई ओमानका लागि कार्यवाहक राजदूतमा नियुक्त गरिएको छ । यस्तै परराष्ट्रकै उपसचिव दुर्गाबहादुर सुवेदीलाई बहराइनका लागि कार्यबाहक नेपाली राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

अर्यालले लन्डन, रियाद र ब्रसेल्समा सेवा गरिसक्नुभएको छ भने अढाइ दशकदेखि परराष्ट्र सेवामा रहेका सुवेदीले यसअघि म्यान्मार, संयुक्त राष्ट्रसङ्घ र टोकियोस्थित नियोगमा काम गरिसक्नुभएको छ । बेलायतस्थित राजदूतावासमा उपनियोग प्रमुख रहनुभएका अर्यालले करिव दुई बर्ष त्यहाँ कार्यबाहक राजदूतका रुपमा काम गर्नुभएको थियो । त्यहाँबाट फर्केलगत्तै उहाँ परराष्ट्रमन्त्रीको सचिवालयमा कार्यरत हुनुहुन्थ्यो ।

,