ओमानमा २५५७ औ बुद्ध जयन्ति कार्यक्रम सम्पन ।

बुद्ध भिजन ओमानको बिषेश आयोजनामा यही जुन ७ का दिन् भगवन गौतम बुद्धको २५५७ औ जन्म जयन्ति तथा उहाको सम्झना कार्यक्रम गरिएको थियो ।भगवान गौतम बुद्धको प्रर्थाना तथा बिधिबत पुजा गरी लामा गुरुद्धारा सम्पूर्ण नेपाली तथा विश्व शान्तीको कामना गर्दै संसारका प्राणीहरुमा सुख:सम्मृधी फैलियोस तथा सबैको कल्याणको लागी प्राथाना गर्दै २५५७ औं जन्म जयन्ती भव्यत्ताको साथ कुरुम स्थीत ग्रीलहाउस हलमा मनाईयो । संस्थाका सदस्य श्री चरित्र लामा द्धारा बुद्ध धर्मग्रर्थ अनुसार बुद्धको पुजा पाठ गरि सुरुवात गरिएको उक्त कार्यक्रममा उपस्थित  बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु साथै सम्पुर्ण दर्शकहरुलाई खादा ओडाई समान गरेको थियो । उक्त कार्यक्रमको संचालन अन्जु पाखरिन तथा सुमन तामाङ्ले गर्नु भएको थियो भने शुभकामना मनतब्य सस्थांका उप्धयक्ष बाट दिनु भएको थियो । मन्तब्य कार्यक्रम तर्फ दुताबास प्रतिन्धि श्री दिपक श्रेष्ठ् ज्यु बाट  बुद्धको सन्देशलाई हामी सबैले अङगालेर हिदनु पर्छ र बुद्ध नेपालमा जन्मेका हुन भनेर मात्र होईन उहा नेपाली हुन भनेर प्रचार प्रसार गरे अझ धेरैले चिन्ने कुरामा प्रस्ताउनु भएको थिए । कार्यक्रममा कुल बहादुर तामाङ्बाट गौतम बुद्धको जिवनीमा प्रकाश पारिएको थियो । मन्तब्यकै क्रममा नेपाली एकता समाज ओमान का श्री धनु क्षत्री , सगरमाथा समुहका रबिन सिल्पकार , गैर आवासिय नेपाली संघ ओमानकी सिम्पल थापा, बुद्ध भिजन ओमानका सल्हाकार तथा कार्यक्रम सम्योजक ओमकार तामाडं साथै अन्य बिषिस्थ ब्यक्तिहरुबाट आफना मन्तब्यमा भगवान गौतम बुद्ध , बुद्ध धर्म मान्नेहरुको मात्र नभै सम्पुर्ण  नेपालीहरु साथै विश्वमा उहाको सिद्धान्त मानेहरुको भगवन हो भन्ने कुरालाई प्रष्टाउनु भएको थियो । साथै नेपाल लगायत बिश्व भर  शान्तिको कामना र उहाको शान्ति सन्देश सबैले अनुकरण गरुन भने कामना को सन्देश का साथ कार्यक्रम सम्पन भएको थियो ।


साथै कार्यक्रमलाई अझ रौनक दिन कार्यक्रममा उपस्थित दर्शकहरु मध्य बाट केहीले आ-आफ्नो संगीतिक तथा निर्त्य प्रस्तुत पनि गरिएको थियो ।

@सालिकराम आचार्य तथा लक्ष्मण श्रेष्ठ

,