गुरुङ्घद्धारा एनआरएन अध्यक्षका लागि उम्मेदवारी घोषणा
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष रि.क्या. हितमान गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । शनिवार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा एनआरएनए युके पदाधिकारीहरुबीच पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन ।
एनआरएनमा आफ्नो लामो अनुभव बटुलीसकेका उपाध्यक्ष गुरुङले एनआरएन अभियानमा आफ्नो दशक लामो योगदान, आत्मविश्वास, अनुभव र साथीभाईको सुझावपछि अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट्याए । यसअघि दुई कार्यकाल आइसीसी सदस्य, युरोप संयोजक बनिसकेका उनी अहिले उपाध्यक्ष छन् । पत्रकार सम्मेलनमा गुरुङले सामूहिक लगानी अवधारणालाई मुर्तरुप दिने, एनआरएनको दिगो र संस्थागत विकास, दोहोरो नागरिकता सवाललाई निरन्तरता दिएर टुंगोमा पुर्याउने लगायतका प्रतिवद्धता व्यक्त गरेका थिए । विश्वका ६४ देशमा फैलिसकेकाले एनआरएन सञ्जाललाई व्यापक बनाउन एनसीसी र केन्द्रबीच मजवुत सम्वन्ध स्थापित गर्ने तथा एनआरएनको पुंजी र सीपलाई मातृभूमि नेपालको दिगो विकासमा खर्चन पहल गर्ने पनि उनले अठोट गरेका छन् ।
एनआरएनए यूके अध्यक्ष कुल आचार्यले एनआरएन विश्व सम्मेलनमा एनआरएनए युके मजबुद र एक भएर जाने बताउंदै उनले गुरुङको उम्मेदवारी स्वागतयोग्य रहेको बताए । गएको निर्वाचनमा पनि एनआरएनए युकेले एकता देखाएको स्मरण गर्दै उनले त्यो अहिलेपनि निरन्तर हुने विश्वास दिलाए । गुरुङले उम्मदवारी घोषणा गरेको साताअघि अष्ट्रेलियाका अर्बपति शेष घलेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यहि अक्टोबर १९ देखि २२ सम्म चल्ले एनआरएन महधिबेशनमा एकहजार भन्दा बढी प्रतिनिधि सहभागि हुने बताइएको छ
श्रोत : अनलाइन खबर