अब भिसा अनुवादपछि मात्रै श्रम स्वीकृति



भदौ,१०: काठमाण्डौं । वैदेशिक रोजगार विभागले काम गर्न विदेश जाने नेपालीले अन्तिम श्रम स्वीकृति माग्न जाँदा भिसामा लेखिएको खरबी भाषाको नेपाली अनुवाद अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरेको छ ।

विभागको अन्तिम श्रम स्वीकृति शाखाका सबै कर्मचारीलाई छानबिनका लागि भन्दै अख्तियारले पक्राउ गरेपछि विभागले यो कदम चालेको हो । गैरकानुनी लाभ लिएर फर्जी कागजात बोकेका नेपाली कामदारलाई बाहिरिन दिएको आशंकामा छानबिन गर्न अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीलाई समेत पक्राउ गरेको थियो । सहकर्मी पक्राउ परेपछि अध्यागमनका कर्मचारीले शनिबार दर्जनौं कामदारलाई कागजात नपुगेको भन्दै विमानस्थलबाट फर्काइदिएका थिए ।

आइतबार अन्तिम श्रम स्वीकृति लिन विभाग पुगेकालार्य कागजातको कमी देखाउँदै कर्मचारीले फकाएको खबर छ । कर्मचारीले सेवाग्राहीलाई विदेशमा रोजगारी दिने कम्पनीसँग गरेको सक्कल करारपत्र, भिसामा लेखिने अरबी भाषाको नेपाली अनुवादलगायत थप कागजातसहित आउन आह्रान गरेको छ ।

स्रोत: नागरिक दैनिक

,