एन.आर.एन. ओमानको क्षेत्रिय समिती सललहको महाधिबेशन सम्पन्न

१० भाद्र, मस्कत,

गत  मे २४ २०१३ मा भएको एन.आर.एन.ए ओमानको महाधिबेशनले केन्द्रिय समितीको पुर्नगठन गरेपछि नयाँ समितीको पहिलो बैठक  ०७ जुन २०१३ ले दुई ओटौ क्षेत्रिय समितीहरु बिघटन गरेको थियो । बिघटित क्षेत्रिय समितीहरु, एन.आर.एन.ए ओमान क्षेत्रिय समिती सललाह, र एन.आर.एन.ए ओमान क्षेत्रिय समिती शोहार रहेका थिय जस मध्ये एन.आर.एन.ए क्षेत्रिय समिती सललाहको महाधिबेशन, सललाहमा एक समारोहको आयोजना गरी यहि २३ अगस्ट २०१३ का दिन सम्पन्न भएको छ ।


महाधिबेशनको सभापतिमा निबर्तमान संयोजक चन्द्र कुमार सुनुवार, प्रमुख अतिथीमा एन.आर.एन.ए ओमानका केन्द्रिय समितीका अध्यक्ष डि.बि क्षेत्रि, अतिथिहरुमा उपाध्यक्ष तथा दुतावास प्रतिनिधि दिपक श्रेष्ठ, एन.आर.एन.ए ओमानका केन्द्रिय समितीका राहतकोष संयोजक बाबुराम अर्याल  तथा सदस्य गोपाल कुँवर र नेपाली महिल समाज सललहकी अध्यक्ष श्रीमती शान्ता के सि ज्युहरु र अन्य आमन्त्रित संघ संस्थाका प्रतिनिधी हरु रहनु भएको थियो । दिनको २ बजे देखि शुरु भएको कार्यक्रममा सललाह बासी नेपालीको बाक्लो उपस्थिती रहेको थियो ।

क्षेत्रिय समिती सललाहका निबर्तमान संयोजक चन्द्र कुमार सुनुवार ज्युले आफ्नो कार्यकालको प्रगती बिबरण प्रस्तुत गर्नु भयो त्यस्तै क्षेत्रिय समितीका कोषाध्यक्ष ज्युले आफ्नो कार्यकालको संक्षिप्त कोष बिबरण प्रस्तुत गर्नुभयो । कार्यक्रम लाई अगाडि बढाउँदै उद्घोषक ज्युले बिभिन्न ब्यक्तिहरु लाई मन्तव्यको लागी मञ्चमा आमन्त्रण गर्नुभयो, मन्तव्यमा बोल्दै एन.आर.एन.ए ओमानका केन्द्रिय समितीका अध्यक्ष डि.बि क्षेत्रिले निर्बतमान क्षेत्रिय समितीको कार्यहरुको प्रशंशा गर्नुभयो, एन.आर.एन.ए ओमानको केन्द्रिय समितीको घोषणा पत्रको प्रतिबद्धता पुरा गर्न सहयोग गरेकोमा धन्यबाद पनि व्यक्त गर्नुभयो । समाज सेवाको बाटोलाई एन.आर.एन. ले सधै आत्मसाथ गर्दै आएको र गर्दै जाने निश्चितता लाई उजागर गर्दै अब आउने समितीले पनि नयाँ जोश र जागरका साथ समाजसेवाको बाटो लाई निरन्तरता दिनेछ भन्ने बिश्वाश उहाँ राख्नुहुन्छ ।


ओमानमा नेपाली दुतावासको स्थापनार्थ सम्बन्धि भईरहको प्रगतीबारे जानकारी दिदै दुतावास प्रतिनिधी दिपक श्रेष्ठ ज्युले आफ्नो मन्तव्यमा भन्नुहुन्छ अब छिट्टै हाम्रा कार्यकारीणी राजदुत झबिन्द्र ज्युले यहाँको भ्रमण गरी दुतावास स्थापनाको लागी बस्तुगत अध्ययन गर्नुहुनेछ र त्यसछि केहि समयमा यहाँबाट नै दुतावासको औपचारिक काम शुरु हुनेछ । सललाह मस्कटबाट भौगोलिक हिसाबले निकै टाढा र अत्याधिक नेपालीको संख्या रहेकोले सललाहमा पनि दुतावासको कन्सुलर अफिस राख्नको लागी हामी आग्रह गर्नेछौं, श्रेष्ठ भन्नुहुन्छ । तथा अन्य उपस्थित बिशिष्ट व्यक्तिहरुले पनि आफ्नो मन्तव्यमा एन.आर.एन.ए ओमान क्षेत्रिय समिती सललाहले गरेको सामाजिक सेवाको प्रशंशा तथा आउने समितीले पनि यसलाई निरन्तरता दिने बिचार राखेका थिए । मन्तब्यमा बोल्दाइ नेपाली महिला समाज सललह्का शाहअन्ता के सि ले एन आर एन ले गरेको कामको प्रशन्शा गर्दै संस्थागत रुप्मा सहयोग गर्ने बाचान दिनु भयो ।

पहिलो चरणको कार्यक्रमको अन्त्य सगै दोश्रो चरणमा कार्यक्रम अन्तरगत उम्मेदवारको नामावली घोषणा तथा एकै पदमा दोहोरे दाबेदरी परेमा चुनाब गराउने निर्णय चुनाब समितीको रहे पनि कुनै पनि पदमा दोहोरो दाबेदारी नरहेकोले सम्पुर्ण उमेद्वारहरु निर्बिरोध निर्वाचित भई कार्यकाल २०१३ - २०१५ को लागी ९ सदस्यीय समिती गठन भएको छ । नब गठित समितीको संयोजमा रोशन कुमार क्षेत्री ,प्र.उपसंयोजकमा रमेश पौडेल , द्धि.उपसंयोजकमा टि.आर लामा पौडेल, सचिबमा केदार ढकाल, कोषाध्यक्षमा टिका प्रसाद दाहाल , तथा सदस्यहरुमा सुमन सुबेदि, छबिलाल सुबेदि, र दिपक तामाङ्ग रहेका छन् ।


समाज सेवामा अझ शशक्त रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रिय समितीका संयोजक रोशन कुमार भन्नुहुन्छ हामी पुर्ब समितीका कमि कमजोरी लाई निराकरण गरि केन्द्रिय समिती सँग अझै समन्वय गरेर अघि बढ्नेछौं । केन्द्रिय समितको घोषण पत्र हाम्रो लागी अति सान्र्दभिक रहेकोले हामी त्यसमा पुर्ण साथ दिन्छौं तथा ओमानबासी नेपाली सामु नेपाली संस्कुती बचाउनको लागी बिभिन्न कार्यक्रम पनि गर्नैछौं । सम्पुर्ण उपस्थित व्यक्तिहरुले नबगठित समिती लाई बधाइ दिदै सभापति बाट कार्यक्रमको समापन भयो ।

नवगठित समितिले छेत्रीय समितिको सल्लहकारको लागि श्री चन्द्र कुमार सुनुवार लाई छायान गरेको छ ।

नेपाल ओमान डट कम 

,