डन दीपक मनाङे पक्राउ
१ भाद्र, काठमाडौं,
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धिकरण मुद्दामा डन दीपक मनाङेलाई पक्राउ गरेको छ । उनलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जनाएको छ ।
उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले स्रोत नखुलेको सम्पत्ति १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई आइतबार अदालतमा पेस गरिने भएको छ ।
बिशेष अदालतले डन मनाङेसहति गणेश लामा, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन र अभिशेक गिरी बिरुद्ध मुद्धा दायर गरेको थियो । गणेश लामा, पर्शुराम बस्नेत र चक्रे मिलन अदालतमा हाजिर भइसकेका छन् । अभिशेक गिरी भने अदालतमा उपस्थित भएका छैनन् ।