दुई भन्सार अधिकृत घुससहित पक्राउ
१ भाद्र, काठमाडौं,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई अधिकृत घुस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ४१ हजार रुपैयाँ घुस सहित भन्सार अधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
भन्सारका कर्मचारीहरुले घुस खाने र सेवाग्राहीसँग अवैध रुपमा रकम असुल्ने गरेको गुनासो आएपछि अख्तियारबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अधिकारी र रेग्मी अख्तियारको हिरासतमा छन् ।
अख्तियारले प्रहरी सहितको सुराकी टोली विमानस्थल क्षेत्रमा खटाएको थियो । अख्तियारका अनुसार उनीहरु साँझ ५:४० बजे सरकारी गाडीबाट निवास फर्कदै थिए । टोलीले खान तलासी गर्दा अधिकारीको झोलामा २२ हजार ५ सय रुपैयाँ भेटिएको थियो भने उनको गाडीको म्याटमुनी खुट्टा राख्ने ठाँउमा खानतलासी गर्दा थप ३९ हजार रुपैयाँ बरामद भयो । अधिकारीको साथबाट मात्रै ६१ हजार ५ सय रुपैंया बरामद भएको छ ।
त्यसैगरी अर्का अधिकृत रेग्मीको साथबाट ७९ हजार ५ सय रुपैयाँ बरामद भएको छ । उक्त रकम उनले खल्तीमै राखेको अवस्थामा भेटिएको हो । उनीबाट अख्तियार टोलीले दुईवटा मोवाईल सेट पनि बरामद गरेको छ ।
अख्तियारले त्रिभुवन विमानस्थललाई धेरै भ्रष्टाचार हुने निकायका रुपमा राखेको छ । बारम्बार सुधारका लागि निर्देशन दिँदा पनि अवस्थामा सुधार नआएपछि अख्तियारले आकस्मिक निरिक्षण थालेको छ ।
पक्राउ परेका दुई भन्सार अधिकृत स्वतः निलम्बनमा परेका छन् । उनीहरुलाई भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियारले जनाएको छ ।