नेपाल अध्यागमनको बेवास्ता


लक्ष्मण श्रेष्ठ ,मस्कत,

    बैदेशिक  रोजगारका  लागि बिभिन्न परीबन्दमा परी अर्काको राहदानी प्रयोग गरेर आफ्नै देशको अध्यागमन मार्फत बिदेशिएका नेपाली हरुलाई करार अवधी सकिएर फर्किदा त्यही अध्यागमन मार्फत सिधै अध्यागमनको कस्टडिमा पुर्याउने गरेको त थाहा भएकै कुरा हो । यो एउटा कारबाहीको प्रकृया होला तर बिना सित्तिमा आफ्नै देशमा जेल को बास बस्नु चाँही पक्कै पनि कुनै नेपाली लाई राम्रो नलाग्ला । ओमान बाट भएको केही घटना हरुलाई हेर्दा नेपालको अध्यागमन बिभागमा कती सम्म लापर्वाही हुन्छ भन्ने कुराको निर्क्योउल गर्न सकिन्छ ।

गत अक्टोबर २०१२ को पहिलो साता मा ओमान एअरमा नै छोरा जन्माउने पाँचथरका माया (नाम परिवर्तन)को घटना लाई लिन सकिन्छ । साउदी दुतावासका प्रतिनिधिका अनुसार नेपाली दुतावासको बिना अनुमती या बिना कागजात नै आमा र बच्चा लाई अक्टोबर १७, २०१२ मा नेपाल पथएको थियो । सोही मुद्दाका बारेमा एन आर एन ओमानका अध्यक्ष सँग बुझ्दा, हामीले सम्बन्धित ओमानी जसलाई पीडित महिलाले दोशी देखाएकी थिईन उनिहरुको परिवार सँग यो समस्या समाधान गर्ने पहल गरी सकिएको र यहाँ कानुनी परमर्श लिएर कारबाही अगाडि बढाउनु थालिएको थियो तर बिभिन्न डर र त्राश देखाएर पीडित महिला लाई यहाँ बाट हामीलाई खबर नै नगरि नेपाल पठाइयो । यही मुद्दाका बारेमा श्रेष्ठ भन्छन, अरु देशमा बिना कागजात कोही पनि आएमा जहाँ बाट आएको हो सोही एअर लाइन बाट फिर्ता गर्ने गरेको पाईन्छ तर नेपालमा बिना कागजात आएको बच्चा लाई बिना सोधखोज कसरी नेपालमा छिर्न दिइयो ? यो चाँही सोचनिय बिशय हो । उनी भन्छन, यसरी नै छाड्ने हो भने त बच्चा तस्करी कसरी नहोला भन्न सकिन्न ।

अर्को घटना म्रितक मिन बहादुर गुरुङको हो । नेपाल घर बाग्लुङ भएका गुरुङ, गत ७ बर्ष देखी मस्कत स्थित सरकारी कम्पनी बलदियामा कार्यरत थिए जसको २६ मे २०१३ का दिन राती सुतेको अवस्थामा नै मृत्यु भएको थियो । जसको म्रित शरीर दुतावासको नो अब्जेक्सन लेटर बिना नै नेपाल गएको बुझ्न आएको छ । ओमानका लागि दुतावास प्रतिनिधि दिपक श्रेष्ठका अनुसार म्रित शरीर लाई पोस्टमार्टम गर्ने autopsy लेटर प्रदान गरिएको तर डाक्टरको रिपोर्ट उपलब्ध नगराएको बताउनु हुन्छ । उक्त रिपोर्ट आउनु पूर्व नै म्रित शरीर लाई नेपाल पठाइसकेको रहेछ । उनी भन्छन, नेपाल पठाएको २ दिन पछी मात्रै उक्त कम्पनीका नेपाली साथीहरुले खबर गरेको थियो । उनको म्रित शरीर २० जुन का दिन नेपाल पठाईएको थियो ।   बिना अनुमती कसरी नेपाल सरकारको अध्यागमनले कसरी अनुमती दियो थाहा भएन । मैले उनको परिवार सँग फोन गरी बुझ्दा कुनै पनि त्यस्तो पत्र नपाएको र पाउनु पर्ने रकम पनि कम्पनी बाट नपाएको गुनासो पायें । दुताबासले सबै प्रकृया पुर्याएपछी मात्रै अनुमती पत्र प्रदान गर्छ तर यहाँ कम्पनीको पहुचका कारण दबाबमा म्रित शरीर नेपाल गएको पाईन्छ । जसले गर्दा कम्पनी बाट पाउने बिमा रकम त पर जाओस उसले पाउने ग्राजुइटी रकम पनि पाएको देखिएन । यहाँको कानुन अनुसार कुनै पनि कामदारले करार अवधी सके पछी जाने बेलामा एकमुस्ठ ग्राजुइटी रकम पाउछ । यो रकम कम्पनिको नियमानुशार एक बर्ष काम गरे बापत एक महिनाको तलब बक्सिस स्वरुप पाउने गर्छ ।

यि घटनाहरुलाई हेर्दा सरासर हाम्रो सरकारको निती या अध्यागमनको लापर्वाही देखिन आउछ । यि त बाहिर आएका घटनाहरु हुन । अन्य यस्ता घटनाहरु नहोला भन्न सकिन्न । यस्ता घटनाहरु दोहोरिन नदिन सरकारले चासो देखाउनु पर्छ र सम्बन्धित कर्मचारी हरुलाई सावधान गराइ गल्ती कार्य गरेमा कारबाही गरिनु पर्छ । यस्ता कार्यहरुमा एक दुई पल्ट कडाइ गरेमा भबिश्यमा नदोहोरिन सक्छ । यो एउटा ओमानमा दुतावास नहुनुको  बिडम्बना पनि हो । अन्य देशले नेपालको अध्यागमन लाई कमजोर ठानेर गरिने यस्ता कार्यलाई निरुत्साहित गर्न सम्बन्धित निकाय तथा नेपाल सरकारको पहल जरुरी छ ।

१७ अगस्त