नेपाली दुतावास स्थापनाको इजाजत पत्र प्राप्त

ओमान,अगस्त १८ :

अन्तत:ओमानमा मोफा तथा प्यालेश अफिशबाट नेपाली दुतावास स्थापनाको इजाजत पत्र प्राप्त भएको छ ।


बाबुराम भट्टराईको सरकारले घोषणा गरेको खाडिका दुई मुलुक ओमान तथा बहराईनमा दुतावास स्थापना गर्ने सम्बन्धिमा बर्तमान सरकारले पनि साथ दिएर राजदुतहरु घोषणा गरिसकेको छ । र बहराईमा दुतावास स्थापना सम्बन्धि कामलाई त्यहॉको सरकारले चासो लिएर दु्रत गतिमा अगाडि बढ्दै छ । त्यस्तै ओमानमा पनि आज सुल्तान अफिसबाट दुतावास स्थापनाको अधिकारीक इजाजत पत्र पाएको जानकारी पुर्ब पश्चिम एसियाका मुख्य राजदुत "साउद अल बरवानीले" दिनुभयो । जसलाई स्थानिय स्तरबाट केही समय देखी एन.आर.एन.ए अध्यक्ष डि.बि क्षेत्री ज्युले संयोजकत्व गर्दै आउनु भएको थियो । तथा उक्त इजाजत पत्र आजै ओमान दुतावास हुदै आवश्यक प्रक्रिया अघि बधाउन का लागि नेपाल दुतावास साउदी पठाईएको छ । क्षेत्री भन्नुहुन्छ मुस्लिमहरुको चाड रमदान तथा इद परेकोले गर्दा इजाजत पत्रको लागी धेरै संघष गर्न पर्‍यो । अन्त्यमा इजाजत पत्र पाएकोमा खुसी व्यक्त गर्दै, सम्पूर्ण ओमानवासी नेपालीहरु तथा दुतावास स्थापनाका लागी संघर्शरत सामाजिक सँघ संस्थाहरुको सामुहिक प्रयास अब पुरा हुने तथा अब ओमानबासी नेपालीका समस्याको सम्बोधन सरकारी तवर बाट हुने बताउनु हुन्छ ।

ओमानमा अहिले सम्म को प्रमुख समस्याहरुमा घरयासी काममा आउने महिलाहरुको अधिकांश छ भने अझ दुबई हुदै ओमान आउने नेपाली यो समस्यामा बिषेश पर्ने गरेको पाईएको छ ।  

,