मोर्चाद्वारा मधेशका नेता ‘गद्दार’ घोषित
२ भाद्र,
राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले मधेश केन्द्रित राजनीतिक दलका केही नेतालाई ‘मधेशका गद्दार’ घोषणा गर्दै मधेश विरोधी चरित्रमा सुधार नआए उनीहरु माथि सशक्त एवम् सशस्त्र कारवाही गरिने चेतावनी समेत दिएको छ । कारवाहीका लागि समय सीमा भने तोकिएको छैन ।
तराई मधेशको एक आधार जिल्लामा सम्पन्न मोर्चाको विस्तारित बैठकले उपेन्द्र यादव, राजेन्द्र महतो, विजयकुमार गच्छदार, महन्थ ठाकुर, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवलाई ‘मधेशका गद्दार’ घोषणा गरेको हो । झण्डै एक साता सम्म चलेको बैठकले संविधानसभाको घोषित निर्वाचनलाई लक्षित गरी विभिन्न विरोध कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
मोर्चाले ईमेल मार्फत् पठाएको विज्ञप्तिमा मुस्लिमहरुको महान् पर्व ईदउल फित्र (ईद) का कारण स्थगित गरिएका कार्यक्रमहरुलाई पुन: सक्रियता पूर्वक अगाडि बढाउने निर्णय गरिएको उल्लेख छ । मोर्चाले यसअघि विज्ञप्ति प्रकाशित गरी तराई मधेशमा रहेका नेपाल र सशस्त्र प्रहरीका सुरक्षा बेस क्याम्प वरिपरि २ सय मिटर भित्रका मानव बस्तीहरु खाली गर्न उर्दी जारी गरेको थियो । शनिबार प्रेषित विज्ञप्तिमा पुन: सो उर्दीलाई निरन्तरता दिदै १५ दिनभित्र बस्ती खाली नभए यसबाट हुने क्षतिको जिम्मेवार स्वयं हुने चेतावनी दिइएको छ ।
यसैगरी मधेशी मूलका सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरुलाई सक्रिय सहयोगका लागि अपिल गर्दै यसो नगरे कारबाही गरिने चेतावनी दिइएको छ । मोर्चाको बैठकले आधुनिक हतियारबाट सुसज्जित केन्द्रीय रिजर्भ सेना गठन गर्ने निर्णय गरिएको दावी पनि विज्ञप्तिमा गरिएको छ ।
मधेशका १३ सशस्त्र समूहहरुबीच ४० दिनअघि भएको एकीकरणपछि पहिलो पटक सम्पन्न विस्तारित बैठकले मोर्चाको कार्य विभाजन समेत गरेको स्रोतले जनाएको छ ।