पूर्व प्रशासकहरु धमाधम पार्टी छान्दै
३ भाद्र, काठमाडौ,
पूर्व प्रशासकहरु मन्त्री बनेर अहिले देश हाँक्न थालेपछि अन्य पूर्व प्रशासकहरुका पनि राजनीति प्रति मोह निकै बढेको छ । आगामी मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन हुने बातावरण बन्दै गर्दा पूर्व प्रशासकहरु विभिन्न पार्टी नेताहरुको दैलो चाहार्दै हिडेका छन् ।
पार्टी प्रवेश गरी राजनीतिमा आउने तयारीमा विगत दुई वर्षदेखि नै विभिन्न पार्टीका नेताहरुको सम्पर्कमा रहेका पूर्व अर्थ सचिव रामेश्वर खनाल अन्तत कांग्रेस प्रवेश गर्ने भएका छन् । झण्डै तीन वर्ष अघि अर्थ सचिवको कुर्सीबाट एकाएक गायव भइ राजीनामा गरेका खनाल कांग्रेस प्रवेश गर्ने निश्चित भएको कांग्रेसका एक नेताले जानकारी दिए । उनी पाल्पा क्षेत्र नं ३ बाट टिकट लिने शर्त सहित कांग्रेस प्रवेश गर्न लागेका हुन् । उनी पाल्पाको तानसेन निवासी हुन् । तानसेन पाल्पा क्षेत्र नं ३ मा पर्छ । विगत संविधानसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुलप्रसाद नेपाल १२ हजार ९ सय ५१ मत ल्याई विजयी भएका थिए । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिप्रसाद नेपालले १२ हजार ६ सय १९ मत र माओवादीका नेत्रप्रसाद पाण्डेले १२ हजार २ सय ३२ मत ल्याएका थिए । पूर्व सचिव खनाल ०६८ सालमा डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि उनका आर्थिक सल्लाहकार बनेका थिए । सचिव राजिनामा लगत्तै एकीकृत माओवादीसँग निकै नजिकिएका खनाल अहिले कांग्रेस प्रवेश गर्नु आश्चर्यको विषय हो । वर्तमान सरकार गठनको तयारी हुँदा उनी माओवादी कोटाबाट मन्त्री बन्ने करिव निश्चित थियो । तर एमाले कांग्रेसको विरोधका कारण सम्भव भएको थिएन ।
दुई हप्ता अघि पूर्व प्रहरी महानिरीक्षक प्रदीप शसमेर राणा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी प्रवेश गरेका छन् । उनी रौटहटबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी र शर्त सहित सो पार्टी प्रवेश गरेको बताइन्छ ।
रौटहटबाटै चुनाव लड्ने गरी एक साता अघि सहसचिवबाट सेवा निवृत्त भएका हरिओम श्रीवास्तव पनि कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रतिस्पर्धा नगर्ने गरी रौतहटको जुनसुकै क्षेत्रबाट चुनाव लड्ने बताएका छन् । यतिवेला कांग्रेस सभापति सुशील कोइराला,उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादर देउवाको निवासमा दिनहु कुनै न कुनै पूर्व प्रशासक,प्रहरी र न्यायसेवाका कर्मचारी टिकट माग गर्दै पार्टी प्रवेश गर्ने माग बोकेर जाने गरेका छन् । पूर्व मुख्य सचिव विमल कोइरालाले पनि समानुपातिक तर्फबाट उम्मेदवार बन्ने योजनामा नेताहरुलाई फकाउदै गरेको सुशिल निकट स्रोतले जानकारी दियो ।
पूर्व सचिव बृन्दा हाडा एमाले प्रवेश गर्ने पक्का भएको छ । उनले समानुपातिक तर्फको उम्मेवार बन्ने माग राखेको एक एमाले नेताले जानकारी दिए । त्यसैगरी पूर्व सचिवहरु बालानन्द पौडेल र गोविन्द कुसुम पनि चुनावी चाहना बोकेर औपचारिक रुपमा एमाले प्रवेश गर्ने तयारीमा छन् । पहिले देखि नै एमालेसँग नजिक रहेर विभिन्न संवैधानिक नियुक्तीमा नाम आए पनि नियुक्त हुन नसेको पूर्व कानुन सचिव उदय श्रेष्ठ पनि चुनावी तयारीमा रहेको उनी निकट एक कानुन व्यवसायीले बताए । अन्य केही बरिष्ठ अधिवक्ताहरु पनि एमालेबाट निकट लिने योजनासहित नेताहरुको घरदैलो चाहार्दै छन् ।
माओवादीले पनि केही पूर्व प्रशासकहरुलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ । पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री पनि सभासद बन्ने लाइनमा लागेका छन् । उनलाइ सभासद बनाउन माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले लविङ गरिरहेका छन् ।