डलरको भाउ एक सय माथि- अहिले सम्मकै उच्च
४ भाद्र,
एक डलर अमेरिकी मुद्राको मूल्य एक सय रुपिया ६० पैसा कायम भएको छ । यो इतिहासकै बढी मूल्य हो । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक सय रुपिया ६० पैसा तोके पनि बजारमा एक सय नब्बे पैसा देखि एक सय एक रुपिया सम्म कारोवार भएको थियो । विगत केही महिना देखि लगातार बढ्दै आएको डलरको मूल्य यसरी चुलिए पछि मुलुकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक असर पर्ने भएको छ ।
भारतमा लगातार अमेरिकी डलरको भाउ बढे पछि नेपालमा पनि डलर महंगो भएको हो । नेपालले भारुलाई आधार बनाएर डलरको भाउ निर्धारण गर्ने गर्छ । डलर महंगो भएका कारणले नेपालले विदेश बाट किन्ने सामानको मूल्य बढ्ने भए पनि विदेशमा बसेर काम गर्नेहरुका लागि भने फाइदा पुगेको छ । पछिल्ला दिनमा डलर मात्र होइन अन्य विदेशी मुद्राको मूल्य पनि लगातार बढ्दै गएको छ । भारतीय बजारमा लगातार बढेको डलरलाई कमजोर तुल्याउन विभिन्न प्रयास भइरहेका छन् । भारतीय प्रयास सफल भए नेपालमा पनि डलर कमजोर हुँदै जानेछ । नेपालले भारतीय मुद्राको विनिमय दर एक सय साठी हुने गरी स्थिर राखेको छ । भारतीय मुद्रा सँगको स्थिर विनिमय दरका कारण डलरको दरको पनि सीधा असर परेको हो ।