वैद्य माओवादी चुनावमा नआउने पक्का
६ भाद्र,काठमाडौं
नेकपा –माओवादी गोलमेच भन्दा तल ओर्लेर चुनावमा नाउने बटम लाइन जानकारी गराएको छ । अध्यक्ष वैद्य र उच्चस्तरीय राजनीतिक समितिका संयोजक सुशील कोइरालावीच बुधबार साँझ भएको छलफलमा अध्यक्ष वैद्यले यस्तो जानकारी गराएका हुन् ।
माओवादीका एक केन्द्रीय सदस्यका अनुसार माओवादी गोलमेच सम्मेलनबाट समयस्याको समाधान खोज्ने मान्यतामा दृढ छ । उनले भने,–हामी चुनाव सार्नुपर्छ र गोलमेच मार्फत सहमतिमा पुग्नुपर्छ भन्ने अडानमा छौ,यही कुरा अध्यक्षले कोइराला सँग राख्नु भयो । सभापति सुशीलले भने चुनाव सार्ने बाहेका विषयमा आफू जति पनि लचिलो हुन तयार रहेको बताएका थिए ।
गत मंगलबार भएको उच्चस्तरीय समितिको बैठकमा माओवादीसँग एक चरण अनौपचारिक छलफल गरी आज निर्णायक बार्ता गर्ने सहमति भएको थियो । एककृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बुधबार नै अध्यक्ष बैद्यसँग नया बजार स्थित एक निजी निवासमा झण्डै एक घण्टा बार्ता गरेका थिए । दुई अध्यक्ष वीचको बार्ताका क्रममा पनि सहमतिको सम्भावना नदेखिएको प्रचण्ड निकट स्रोतले जनायो । सो स्रोतका अनुसार अब बैद्य चुनावमा नआउने करिव निश्चित भयो । पार्टी भित्रको हार्ड लाइनरको दवावमा परेका वैद्यले पहिले देखाएको लचकता र सहमति तर्फको सकारात्मक मनोविज्ञान पनि बुधबारको दुवै छलफलमा देखाएनन । सो पार्टीमा सचिव नेत्रविक्रम चन्द कुनै पनि हालतमा चुनावमा भाग नलिने र चुनाव हुन नदिने पक्षमा छन । आजको उच्च स्तरीय समितिबाट वैद्यसँगको संवाद क्रम रोकिएको औपचारिक निष्कर्ष निकाल्ने सम्भावना छ ।
अन्य पत्रीका