कोशी अञ्चल अस्पतालका ४२ डाक्टरद्वारा राजीनामा
१० भाद्र, बिराटनगर,
चिकित्सक माथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्दै कोशी अञ्चल अस्पतालका ४२ जना चिकित्सकले आइतबार सामूहिक राजीनामा गरेका छन् ।
सुत्केरी गराउने क्रममा सिरहाको लक्ष्मीपुरकी आजमा प्रविणको शुक्रबार अस्पतालमै निधन भएपछि उनका आफन्तले डा. योगेन्द्र मिश्रमाथि आक्रमण गरेका थिए । लापर्वाहीको आरोप लगाउदै उनीहरुले हातपात गरे पनि प्रहरीले कारवाही नगरेको भन्दै असन्तुष्ट भएका चिकित्सकहरुले सामूहिक राजिनामा गरेका हुन् । असुरक्षा भएकोले काम गर्न नसकिने राजीनामा पत्रमा उल्लेख छ । अस्पतालमा ७२ चिकित्सक छन् । केही चिकित्सक विदामा छन् भने १० जनाले राजीनामा गरेका छैनन् ।
विवाद समाधान गर्न पूर्वाञ्चल क्षेत्रीय प्रशासकको उपस्थितिमा शुक्रबार नै मोरङ जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । छलफलमा मृत्तकको परिवारले गरेको २० लाख क्षतिपूर्तिको माग अस्पतालले अस्वीकार गरेको थियो । अस्पतालले लापर्वाहीबाट उनको मृत्यु भएको आरोप पनि अस्वीकार गरेको थियो ।
चिकित्सकहरुले दोषीलाई पक्राउ गरी कानुनी कारवाही नगरे काममा नफर्कने जनाउदै राजीनामा स्वीकृत गरिदिन आग्रह गरेका छन् । आइतबार अपराह्न अस्पतालका मेडिकल सुप्रिटेण्डेण्ट उमाकान्त झाले बोलाएको सामूहिक बैठक निष्कर्षमा नपुगेको बताइएको छ ।
स्रोत: अन्य पत्रिका