गोर्खाल्यान्ड आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक,६ दिनसम्म घरभित्रै बस्नुपर्ने

इलाम, भाद्र १छुट्टै राज्यका लागि लडिरहेको गोर्खा जनमुक्ति मोर्चाले हिजो साउन ३२ बाट आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । आठ पार्टी सम्मिलित बैठकले गोर्खाल्यान्ड जोइन्ट एक्सन कमिटी गठन गर्दै आगामी २६ अगष्टसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

जस अनुसार, १८ देखि २३ अगष्टसम्म प्रस्तावित गोर्खाल्यान्ड राज्यभरीका घरबाट कोही पनि बाहिर निस्कने छैनन् । सडक सुनसान पारेर सरकारलाई गोर्खाल्यान्डका लागि दबाव दिइनेछ । २४ र २५ अगष्टका दिन राँके जुलुस निकालेर गोर्खाल्याण्डको मागलाई बुलन्द गरिनेछ । २६ अगष्टका दिन दिउंसो दुई घण्टा हातमा कालोपट्टी बाँधेर आन्दोलनकारीहरू सडकमा उत्रिनेछन् ।

स्थानीय जिमखाना क्लवमा आयोजित बैठकले राजु प्रधान मुख्य संयोजक रहेको गोर्खाल्याण्ड जोइण्ट एक्सन कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा एनोफदास प्रधान र जेपी राई सचिव छन् । आज बस्ने भनिएको अर्को बैठकले २६ अगष्ट उताका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।

स्रोत: अन्य पत्रीका

,