मतदाता नामावलीका लागि ७ दिन समय थपियो
१ भाद्र,
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन थप ७ दिनको समय दिएको छ ।
मतदाता नामावलीमा नाम लेखाउने समय गत असार मसान्तमा नै सकिएको थियो तर दलहरुले लाखौं मतदाता छुटेको भन्दै समय थप गर्न माग गरेपछि आयोगले बिहीबार भदौ १ देखि ७ गतेसम्म मतदाता नामावली दर्तासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । छुटेका मतदाताहरुले अब जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।