एन.आर.एन.ए अध्यक्षमा शाहले दिए उमेदवारी
काठमाडौं, श्रावण ३० - गैर आवासिय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि रामेश्वर शाहले उम्मेदवारी घोषणा गरेका छन । शाह संघको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन ।
गैर आवासिय नेपालीको पुँजीलाई एकत्रित गरी मुलुकमा लगानी गर्न स्थापित एनआरएन इन्भेष्टमेण्ट कम्पनीमार्फत विदेशको कमाईंले यहाँ लगानी गर्ने कामलाई गति दिने उनले बताएका छन । कम्पनीले लमजुङमा जलविद्युत आयोजना निर्माणको काम सुरु गरेको छ । वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको सही परिचालनबाट मात्र समृद्ध मुलुकको सपना पुरा हुने भएकाले तिनको बचतलाई उत्पादनमूलक कार्यमा लगानी गर्न प्रेरित गरिने उनले बताए ।
वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन अभियान थाल्ने उनले घोषणा गरेका छन । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्यपूर्व र मलेसियामा नेपाली कामदारमाथि हुने उत्पीडनको घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । वैदेशिक रोजगारको सुरक्षित कार्यचयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजक पुनःस्थापनामा जोड दिूदै महिला हिंसा, असमानता, मानव तस्करी, र अनियन्त्रित युवा श्रम पलायनलाई निरुत्साहित गर्ने उनले वताए । 'गैर आवासिय नेपालीलाई स्वदेशमा पुर्न:स्थापना, तथा विदेशमा सिकेको सीपलाई स्वदेशमा सदुपयोगका लागि जोड दिनेछु, उनले भने ।
स्थापना कालदेखिको दोहोरो नागरिकताको मुद्दामा राज्यलाई राजी गराउन लागि पर्ने प्रतिवद्धता उनले जनाएका छन । 'दोहोरो नागरिकताले गैर आवासिय नेपालीलाई जन्मभूमीप्रति जिम्मेवारी बोध गराइरहन्छ, उनले भने, दोश्रो पुस्ताका लाई मातृभूमीसूग सम्बन्ध र सम्पर्क कायम राख्न मद्दत गर्छ ।
श्रोत : कान्तिपुर अनलाइन
गैर आवासिय नेपालीको पुँजीलाई एकत्रित गरी मुलुकमा लगानी गर्न स्थापित एनआरएन इन्भेष्टमेण्ट कम्पनीमार्फत विदेशको कमाईंले यहाँ लगानी गर्ने कामलाई गति दिने उनले बताएका छन । कम्पनीले लमजुङमा जलविद्युत आयोजना निर्माणको काम सुरु गरेको छ । वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको सही परिचालनबाट मात्र समृद्ध मुलुकको सपना पुरा हुने भएकाले तिनको बचतलाई उत्पादनमूलक कार्यमा लगानी गर्न प्रेरित गरिने उनले बताए ।वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन अभियान थाल्ने उनले घोषणा गरेका छन । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्यपूर्व र मलेसियामा नेपाली कामदारमाथि हुने उत्पीडनको घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । वैदेशिक रोजगारको सुरक्षित कार्यचयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजक पुनःस्थापनामा जोड दिूदै महिला हिंसा, असमानता, मानव तस्करी, र अनियन्त्रित युवा श्रम पलायनलाई निरुत्साहित गर्ने उनले वताए । 'गैर आवासिय नेपालीलाई स्वदेशमा पुर्न:स्थापना, तथा विदेशमा सिकेको सीपलाई स्वदेशमा सदुपयोगका लागि जोड दिनेछु, उनले भने ।
स्थापना कालदेखिको दोहोरो नागरिकताको मुद्दामा राज्यलाई राजी गराउन लागि पर्ने प्रतिवद्धता उनले जनाएका छन । 'दोहोरो नागरिकताले गैर आवासिय नेपालीलाई जन्मभूमीप्रति जिम्मेवारी बोध गराइरहन्छ, उनले भने, दोश्रो पुस्ताका लाई मातृभूमीसूग सम्बन्ध र सम्पर्क कायम राख्न मद्दत गर्छ ।
श्रोत : कान्तिपुर अनलाइन

