दार्जिलिङमा जनताले लगाए कर्फ्यु
३० साउन
मुख्यमन्त्री वेनर्जीले गत शनिबार ७२ घण्टाभित्र गोर्खाल्याण्ड आन्दोलन फिर्ता लिन अल्टिमेटम दिएकी थिइन् । त्यसको विरोधमा गोर्खाल्याण्ड समर्थकले जन कर्फ्यु लगाएका हुन् । गोर्खाल्याण्ड समर्थकहरुले सडकमा ननिस्की घरभित्रै गरिने विरोधलाई जन कर्फ्यु भनेका छन् । जन कर्फ्युका कारण बिहानैदेखि दार्जिलिङ सुनसान छ । सडक र बजारमा सुरक्षाकर्मीको मात्रै वाक्लो उपस्थिति रहेको स्थानीय सञ्चारकर्मीले जनाएका छन् । जनताले जन कफ्र्यु लगाएर गोर्खाल्याण्डका पक्षमा ठूलो सफलता पाएको दार्जिलिङ टाइम्सले आफ्नो फेसबुक पेजमा लेखेको छ ।
यता गोर्खा जनमुक्ति मोर्चा सहित दार्जिलिङमा क्रियाशील सबै राजनीतिक दल एक भएर गोर्खाल्याण्ड आन्दोलनमा उभिएका छन् । यसरी कार्यगत एकता गर्ने पार्टीमा कम्युनिस्ट पार्टी अफ रिभ्युलिसनरी माक्सिस्ट, अल इन्डिया गोर्खाल्याण्ड, हिल्स कंग्रेस, गोर्खा राष्ट्रिय कंग्रेस, भारतीय गोर्खा परिसंघ, भारतीय जनता पार्टी, गोर्खा राष्ट्रिय निर्माण मोर्चा, गोर्खाल्याण्ड टाक्स फोर्स र गोर्खा जनमुक्ति मोर्चा छन् ।
छुट्टै राज्य गोर्खाल्याण्ड माग गर्दै आएका दार्जिलिङका जनताले पश्चिम बंगालका मुख्यमन्त्री ममता वेनर्जीको अभिव्यक्तिको विरोध गर्दै मंगलबार बिहानै देखि जन कर्फ्यु लगाएका छन् । यस्तै गोर्खाल्याण्डका पक्षमा दार्जिलिङमा क्रियाशील सबै राजनीतिक पार्टी एकजुट भएका छन् ।