सगरमाथा समुह ओमानको बार्षिक साधरण सभा सम्पन्न


ओमान १४ अगस्तमुस्लिम समुदायको महान् चाड ईद अलफितरको शुभ–उपलक्ष्यलाई लक्षित गरी सगरमाथा समुह ओमानले बनभोज कार्यक्रमका साथ आफ्नो केन्द्रिय समितीको बिघटन तथा पुर्नगठन गरेका छ ।

”प्रबाशी नेपालीको स्वास्थ, सुख, समृद्धी र प्रगतीको कामना सगरमाथा समुह ओमानको चाहना” भन्ने प्रमुख नाराका साथ गत ९ अगस्ट २०१३ शुक्रबार का दिन सम्पन्न उक्त कार्यक्रमले समुहलाई सफल तथा प्रगतिशिल तेस्रो कार्यकाललाई पार गरी चौठौ कार्यकालमा प्रबेश गरायको छ । ओमानमा भैपरि आउने समस्याहरुलाई समाधानको बाटो देखाउन सफल संस्थाले अन्य धेरै समाजिक,सांस्कृतिक,खेलकुद सम्बन्धी गतिबिधी तथा ओमानका सामाजिक संघ संस्था संग मिलेर सामुहिक र समाजिक हितका कार्यहरु पनि गर्दै आएको छ । समुहको सदस्यहरुको साथमा गरिएको उक्त साधारण सभा कार्यक्रममा बिषेश आमन्त्रणमा अतिथी तर्फ नेपाल दुतावास साउदीका ओमानका लागी प्रतितिधी दिपक श्रेष्ठ ज्युको उपस्थिती रहेको थियो ।

सर्ब सम्मतीले निर्बिरोध सातौं कार्यकालका लागी श्री राजेन्द्र चोधरीको अध्यक्षतामा १५ जानको कार्यकारिणी समिती गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, द्रितिय उपाध्यक्षमा हरी प्रसाद रिजाल, महासचिबमा अमर बहादुर थापा, सचिबमा राजन बस्नेत, कोषाध्यक्षमा अर्जुन नेपाल, सहकोषाध्यक्षमा जितबहादुर लवाती, प्रबक्तामा कृष्ण खड्का, संयोजकमा रबिन सिल्पकार तथा केन्द्रिय सदस्यहरुमा राधा कृष्ण नपित,प्रकाश बुढाथोकी, राहुल लामा, सिताराम खड्का, सन्तराम मर्हजन, र  अस्तमान कोजु रहनु भएको छ । संस्थाको सल्लाहाकार मा श्री योगेन्द्र कुमार श्रेष्ठ तथा श्री नगेन्द्र प्रसाद पौडेल रहनु भएको छ ।

समुहको स्थापनाकाल देखिको उदेश्यलाई आत्मसाथ गरी सामाजिक सेवालाई अझ सक्रिय रुपमा अगाडी बढाउने तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत संस्थाको पहिचानलाई चुस्त पार्न पर्नै बताउनुहुन्छ नव नेत्रित्वको जिम्मेवारी लिनुभएक समुहका अध्यक्ष राजेन्द्र चौधरी । स्थापनाकाल देखिनै केही फरक प्रस्तुती पेश गर्दै आइरहेको समुहले आफ्नो बार्षिक साधारण सभालाई केही फरक बनाउने हेतुले यो बनभोज कार्यक्रम तथा साधरण सभा सम्पन्न गरेको जानकारी प्राप्त भएको छ ।

नव गठित कार्य समिती विवरण:
S.n Name Designation
1 Rajendra Chaudhary President
2 Laxman Shrestha First Vice President
3 Hari Prashad Rijal Second Vice President
4 Amar Bahadur Thapa Gen. Secretary
5 Rajan Basnet Secretary
6 Arjun Nepal Treasurer
7 Jit Bahadur Lawati Vice Treasurer
8 Krishna Khadka Spokesperson
9 Rabin Shilpakar Coordinator
10 Radha Krishna Napit Central member
11 Prakash Budhathoki Central member
12 Rahul Lama Central member
13 Sitaram Khadka Central member
14 Santa ram Maharjan Central member
15 Ashtaman Koju Central member
Advisors:
Yogendra Kumar Shrestha Chief Advisor
Nagendra Poudel Advisor


पि.बि श्रेष्ठ, मस्कत